~सुजन बुढाथोकी ‘कान्छा’~
हाम्रो घरमा भएको यो खसी
बढो क्रान्तिकारी छ
हाम्रो घरमा पालिएको बाख्रो
बढो बिद्रोही छ ।
इमान्दार छ
र बढो वीर छ ।
गलाको डोरि स्बिकार्छ
तर , मुखको मला उतार्छ
उ बर्सौदेखी बाघको भुमरिमा परेको छ
तर, उ आजसम्म पनि मरेको छैन ।
उ यस्तै छ
मानौ कि,
जो ठ्याक्कै म जस्तै छ ।
उ बहादुर छ
जो कुकुरसङ्ग पनि भिड्छ
भालुसङ्ग पनि भिड्छ
स्यालसङ्ग पनि भिड्छ
र चन्डालसङ्ग पनि भिड्छ
बाघसङ्ग पनि भिड्छ
र इन-सापसङ्ग नि भिड्छ
अनि चिच्याउछ कराउछ
र बचाउछ आफ्नु सन्तानलाइ
जरुर जब उस्को आसपास
कोहि दुर्ब्यहवार गर्छ ।
मेरो घरमा पालिएको बाख्रो सधै
परको घासे मैदानमा चर्छ ।
पानी प्युने समय जब अलिकति ढिला हुन्छ
तब तिर्खाएर उ मृग झै गरेर बौलाउछ
र किलाहरु भत्काएर
उ खुद घर आउँछ
मेरो घरमा पालिएको खसी
कठोर क्रान्तिकारि छ
मेरो घरमा पालिएको बाख्रो
बढो बिद्रोही छ ।
जब साझ चौरमा म आउने समय
अलिकती ढिला हुन्छ
तब उ आफै किला उखालेर
घरमा आउँछ ।
जहाँ ,नियम उल्लङ्गघन
र कानुन बिगटन गरेको अभियोगमा कयौ पटक
आतङ्गकारिको बिल्लाहरु भिराएर
अनि कयौ दिन लगातार तड्पाएर
उस्लाइ खोरमा काकाकुल बनाएर राखिएको छ ।
र पनि उ बारम्बार त्यही काम गरिरहन्छ ।
चौकिदार भएर
म ऐले देखिरहेछु
र मनमनै यो सोचिरहेछु
जिवनमा जागिर को सबाल छ
सायद एउटा नोकर भएपछि
जो कोहिले माथिको निर्देशन मान्नै पर्छ।
जिन्दगिभर करागारमा बाधेर राखिएको छ
हाम्रो घरमा पालिएको खसी
बढो क्रान्तिकारी छ ।
यो जनावार हो जो जान्दैन
यसैले यस्ले आफ्नु गर्धन गला
र घाटिमा बाधिएको डोरि स्बिकार्छ
तर, अफसोच
मान्दैन उ कैले पनि स्बिकार्दैन
आफ्नु मुखमा टागिएको मला उतार्छ ।
तर गर्धन र गलामा बाधिएको डोरि स्बिकार्छ ।
मानौ, यस्को मुख मन हो
जो चराहरु झै गरेर
सधै मुक्त आसमानाकासमा उढेर
हर्दम हावाहरु खान्छ ।
मालिक बिचरा! स्वाधिनताको नाममा
कै पनि मागेको छैन उस्ले
जो सधै अलिकती उन्मुक्त ओठ
र मुक्त मुख चाहान्छ ।
मानौ,उस्ले बोल्ने आवाज
खुद भगवान
र यो देसको सम्बिधानले नै प्रत्याभु गरेको
अभिब्यक्ती स्वतन्त्रता हो ।
अनि यस्को मुखमा परेको आहार
उस्को नैसर्गिक अधिकार हो ।
बारबार गोठालोहरुद्वारा लगाम लगाएर
उस्लाइ प्रतिबन्धित गर्ने प्रयास गरियो ।
तर,अफसोच आजसम्म पनि
यस्को बुलन्द मुखलाइ थुन्न सकिएन।
किनकी,समाएर मुखमा लगाएको मलालाइ
उस्ले च्यातिदियो
अनि त्यही मुखले हुत्याएर
फ्याकिदियो
पर पुग्ने गरेर ।
यसरी नै मानहानी र गाली
बैइज्जतिको अभियोग लगाएर
कुनै दिन मेरो हतियार खोसिएको थियो
तर लगाएर हातभरी हत्कडिहरु
ठेला उठ्नेगरी
हत्केला र पैतालाभर चिर्पटले हिर्काए पनि
र यी खप्परको हाडहरुलाइ दबाएर
जतिनै करेन्ट लगाए पनि
र यी औलाहरुमा आगो लगाएर
खरानी बनाए पनि
चुहाएर तपतप कारागारमा रगत बगाएर
भ्रस्टचार बिरोधी
आवाजहरुसङ्गै यी हातहरु उठाएर
र कलम समाएर जिन्दगिभर
मैले कबिता लेखिरहे
र बिद्रोह गरिरहे ।
जसरी माथी मेरो घरमा
पालिएको बाख्रो
घाँस देखेर आफ्नु घाटिहरु लम्काइरहन्थियो
र गर्धनमा गोठाहरुको लठ्ठि खाइरहन्थियो
सरकार तर पनि उ किन सधै
आफ्नु मुख उतै उठाइरहन्थियो ?
हाम्रो घरमा बाधिएको बाख्रो
बढो बिद्रोही थियो ।
जिब्रोहरु काटेर
मान्छेहरुलाइ मुखभरी माक्स लगाएर
अनि लाटो बनाए झै गरेर
बन्दी बनाएर अनि हजार पटक
उस्को बिचारलाइ थुन्न खोजियो
तर अफसोच
उ नदिको बहाव झै गरेर बौलाइरहेको थियो ।
र कुनै बहादुर कुकुर झै गरेर कराइरहेको थियो
उस्को अनुहारमा मला लगाइयो
तर अफसोच
कैले पनि उस्को मुखलाइ थुन्न सकिएन ।
नत उस्को मुखमा परेको आहारलाई
उस्को सिकार हुनबाट नै बचाउन सकियो।
यसैले र चरिहिरह्यो एकनासले
कुनै आजाद चौरमा
जुन बखत
उस्को शरिरलाई कैद गरिसकेको थियो।
जब उस्को मुखमा कुनै मला थिएन ।
हो मेरो घरमा पालिएको
खसी बढो क्रान्तीकारी छ।
जो कैले पनि मुखमा मला स्बिकार्दैन
मुखमा बाधिएको मला सङ्गसङ्गै सधै घाँसमा चर्छ
अनि जिब्रोहरुले चाटेर
र दातहरुले काटेर
त्यसलाइ छ्यतबिछ्यत बनाएर फ्याकिदिन्छ
।
उ खुल्ला चौरमा चर्छ
उ घटेसि लागेर मर्छ
तर कैले पनि घाँटी बटार्न छाड्दैन
र मुख थुनियो भनेर
न उ कैले पनि भोकमारि लागेर मर्छ ।
बरु उ भोकमारीमा परेर मर्छ
तर,उ कैले पनि केवल खोले खाएर बाच्दैन
उ गोठको लकडाउनमा पनि ब्युझिएर मध्यरातमा
हिडेर हजार मायल भन्दा पनि
टाढाको जङ्गजल जान्छ
र खोजेर फल घास खान्छ ।
चौकिदारको गोलि खाएर मर्छ
तर आफ्नै मालिक
र सरकारको उ बिरोध गर्छ
जान्ने मान्छेहरु उस्लाइ जनावार भन्छन
तर, उ कैले पनि तेस्तालाइ मान्छे मान्दैन ।।
उ मर्न तयार छ
तर कैले पनि उ यो ब्यवस्था स्बिकार
गर्न तयार छैन
उ आफै मुखमा बाधिएको मला उतार्छ
र खोजेर उ आफ्नु दुई छाक टार्छ ।
जीवन गुजारा
या, निर्वाहमुखी ज्यालादर
मागिरहेका मजदुरहरु झै गरेर
निरन्तर उ आफुले खान पाउनै पर्ने
घासलाइ सम्झिन्छ हरेक दिन
र साझ बिहानको भोकमारिहरुमा
अलिकती उ आफ्नु आहारलाइ सम्झिन्छ ।
मेयर एक मुट्ठी घाँस हालेर,
कारागारमा लगाम नलगाइयोस
उपहारमा केवल एक मानो चामल दिएर
उतारेर अनि हजार तस्बिरहरु लिएर
र यो सन्सारमा उस्लाइ भिखारी बनाएर
बद्नाम नगरियोस सरकार
किनकी,खान नपाएको भिखारी हैन
उ कुनै भिखारी हैन
हाम्रो घरमा बाधिएको खसी
बढो क्रान्तिकारी छ।
लकडाउनमा उ आफ्नु ज्यान जोगाउन
केबल एकमुठ्ठी चामल सम्झिन्छ
आहार सम्झिन्छ
जस्लाइ उ आफ्नु अधिकार सम्झिन्छ।
हर प्रहर कर तिरेर बाचिरहेको यो देसको
सर्बहारा किसान र गरिबजन्ताहरु झै गरेर
जरुर एकमुठ्ठी राहत सम्झिन्छ
उ एकमुठ्ठि आहार सम्झिन्छ ।
जमिन्दार साहुजि !
दरवारको घरबेटी
सायद,उस्ले यसैको आधारमा
खसिले एकमुठ्ठी आहार सम्झिएको हुन सक्दछ
र उ सधै सम्झिन्छ !
किनकी, दसैतिहारमा
आफ्नु मालिकलाइ
उ आफ्नै ज्यानको खुन र बलिदान दिन्छ ।
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )