~सुजन बुढाथोकी ‘कान्छा’~
आलि धेरै नै तास्नु छ कोदाला कहाँ खोज्ने होला
असार आयो धान रोप्ने खेताला कहाँ खोज्ने होला
रोपाइलाई सिचाइ दिन हुन्थ्यियो, तर मुहान बेचियो
बेचिएका हाम्रा ति सबै नदिनाला कहाँ खोज्ने होला
जितेर पठाएको मन्त्री जिको मति यदि बिग्रीयो भने
घाटिमा लगाइदिने जुत्ताको माला कहाँ खोज्ने होला
जुन जस्तै धपक्क बलेकी,भिरपाखामा फलेकी
ठ्याक्कै तिम्रो जस्तै गुलाबी गाला कहाँ खोज्ने होला
होसियार यदि बिहारले हाम्रो मधेस खाइदियो भने
सरकार सिरुपाते खुकुरी र भाला कहाँ खोज्ने होला
उन्ले अङ्गालोभर गुरास टिपिन एकछिन अल्मल्लिन
र फेरि भनिन कि ला अब डाला कहाँ खोज्ने होला
किसान अनुदान मलजल र कवि कन्टेन्ट खोजिरहेछ
जसरी कुकमेन सोधिरहेछ मसाला कहाँ खोज्ने होला
उ बिदेसमा बेल्चा हान्न जानू अघाबै आमालाइ भन्यो
मेरो बाउको भैंसी चराउने गोठाला कहाँ खोज्ने होला
बढेको बढैछ कोरोना भाइरस सङ्गै भस्टचार एकसाथ
यिनिहरुको मुखमा लगाइदिने ताला कहाँ खोज्ने होला
बाढी आयो र बगायो मेरा बुढा बाका पसिनाहरुलाइ
धेरै नै टाढा पुर्यायो धानको बाला कहाँ खोज्ने होला
अन्न खाइरहन्छ मन्सिरमा फेरि मुसाहरुले सताइरहन्छ
तेतिखेरै ठ्याक्कै मुसा मार्ने बिराला कहाँ खोज्ने होला
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )