कविता : युद्दभूमिको झल्को

~दीपा लिम्बु राई~

जव मलाई हल्लाहरुले बिथोल्छ
म जोडले ढोका बन्द गर्छु
बन्द कोठा भित्रबाट
अलिकति झ्याल उघारेर
पुर्व क्षितिजलाई चियाउँछु ।

सम्झनाको झोक्का किन आउँछ यसरी ?
यति बेला बेजोडसँग
मलाई भत्काएर छिन्नभिन्नतामा छर्नेगरि
झोक्कामा झल्को आउँछ
झोक्काको झल्कोहरुले
युद्दभूमि नादियालीको आकृति ल्याउँछ
छरिन्छ उसको आकार
समयको बजारमा
टिप्छु
बटुल्छु
सम्हाल्न खोज्छु
फेरि एउटा सग्लो आकृति पुग्दैन
म पनि त्यहि बजारमा छरिन्छु
कति कति तृष्णाहरु, यादहरु
सल्बलाएका छन्
तिनै झल्कोहरुले बोकि ल्याएको
सम्झना दिलाउने संगीतमा
म टुक्रा टुक्रामा रुपान्तरण भएको छु ।

-धरान, सुनसरी । हाल : सेरिया, ब्रुनाई

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.