~निर्मला राई परिवेश~
सुङ्ग्देल गाउँ जहाँ म जन्मे …..
ती डाडा र पाखा जहाँ म हुर्केँ ….
असिमित मिठा माया र सम्झना छ मेरो …….
स्वासप्रस्वास रावाखोला बगिरहेछ मुटुको भल्ब बनि मेरो …….
लामिडाँडादेखि सोदेलसम्म नागबेली बाटाहरु परदेशीको पर्खाईमा सुस्केरा मर्दा हुन ..
बर्षाको पानीमा घुम ओढी ट्यÞप्प ट्यप्प रोपेका रोपाहरु ..
अनि हिउँदको शिर्सिरे जाडोमा ..
लटरम्म झुलेका कोदो र धनका बालाहरु ..
घाँस र दाउराका भारीहरु …
अझै मेरा मन मस्तिश्कभरि सल्बलाउँछन
सम्झेर मेरो सुङ्ग्देल,खाजु ,दार्लु गाउँ, साल्पा पोखरी,बुधबारे बजार,
मंगलबारे बजार, बिहीबारे बजार ,रावाखोलाका माछाहरु …….
– खोटाङ, सुङ्देल
हाल: बेलायत