कविता : देश खोज्दा

~कौशिला रिसाल~

बाल्यकालको बुइ चढेर
चिसे खोलाको कन्चन पानीमा
मैले माछाको चुलुबुलु नियालिरहदा
बाले सर्टको फेरो समाउदै तानेका
ती यादका असारहरूले
थुनेका दुवाली
सम्झनाका पासो बनेर आइरहेछ्न् ।

लुकामारी खेल्दा मलाई
आलुको सिलो खोजेजस्तै
खोज्ने मेरी बालसखी
सजिएर बेहुलीको डोली चढ्दा
मेरो दुलाहा मनले खुसीको हिमाल उक्लिन्थ्यो ।

थोरै तातो श्वासको गन्ध
अलिकति पसिनाको अत्तर
सकल आखाका सपना
रित्तो मनको ढुकुटी
रेमिटेन्समै मिसाएको छु ।

रक्तसंचार जोड्ने नशासङ्गै
बाआमालाई पठाएको छु,
अलिकति मुटुको धड्कन
बाका चिसा आखाले मुसार्नेछ्न् नोटहरू
आमा पेट्भरि रुनेछिन्
छात्तीमा टासेर पैसा ।

यतिबेला बा आमाको
भोकको आधीले विश्राम पाउनेछ
भोकको नशा नशामा
जब म भरिएर आउँनेछु
तब गर्व हुनेछ सन्तान हुनुमा ।

जीवन चरैवती !
भोक ओढेर सपनाको पर्खाल चढिरहदा
थाहै नपाइ आफ्नै हत्यारा बनिरहेछु
सरकारले दिएको नागरिकतामा
आफ्नो देश खोजिरहेछु
साच्चै स्वाभिमानको सगरमाथाले
गिज्याउदैन भने
मलाई जेल नहाल,
मैले देशसङ्ग
आत्मसमर्पण गरे ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.