गीत : सम्झेर तिमी रुन्छु

~राजेन्द्र चोथाले~

सम्झेर तिमी रुन्छु
म एक्लो जब हुन्छु

मैले त यो मनलाई सकिन मनाउन
चाहन्छ तिमीलाई नै यो साथी बनाउन
साथी तिमीनै चुन्छु  म एक्लो जब हुन्छु |

नाघेर सीमा सारा बतास बतासिंछ
मायाको चाहनाले यो छाती अतासिंछ
चाहमा तिमी छुन्छु  म एक्लो जब हुन्छु |

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.