~सङ्कलन : राजेश राई~
किराँतीहरु धेरै पहिले टुनामुना, जाँदु, जप, तन्त्रमन्त्रमा आदिमा पोख्त थिए । जो टुनामुना, तन्त्रमन्त्र गर्न सक्थ्यो त्यस्ता मान्छेहरुको समाजमा प्रतिष्ठा र ख्याति हुन्थ्यो । उसलाई समाजमा ठुलावडा भनिन्थ्यो । त्यस्तै पारु नाम गरेको एकजना युवक पनि जाँदु, जप, तन्त्रमन्त्रमा पोख्त थियो । पारु टुनामुना त पोख्त हुदै थियो त्यो भन्दा उ एकदम सौन्दर्यशाली एवं प्रतिभावान् व्यक्तित्व थिए । पारु यस्ता युवक थियो जो कसैपनि उसको सौन्दर्य देखेपछि लठिने गर्दथ्यो । पारु बत्तिसै लक्षणले युक्त थिए ।
त्यही गाउँमा निनामरिदु नाम गरेकी एकजना युवती बस्थिन् । उनी पनि अत्यन्त सुन्दरी थिइन् । गाउँ भरीकी सौन्दर्यशाली युवती थिइन् । सम्भवत उसको रुपमा प्रशंसा नगर्न प्रायः कम थिए । उनी यहासम्मकी पारु पनि उनकी प्रशंसक एवं शुभचिन्तक थिए । त्यतिमात्र कहाँ हो र निनामरिदुलाई कसरी आफूप्रति आकर्षित गरौ भन्ने उपाय सोचिरहन्थे । तर पारुको लागि त्यो असजिलो काम थिएन । किनकी निनामरिदु पारु देखि एकदम प्रभावित थिइन् ।
समय वित्दै थियो क्रमश पारु र निनामरिदु बिच सम्बन्ध बढ्न थाल्यो । उनीहरु बिच एक आपसमा नजिककीन थाले । यसैक्रममा पारुले निनामरिदुलाई आफूले जानेको जप, तन्त्रमन्त्र, टुनामुना सिकाउन थाले । निनामरिदु तन्त्रमन्त्रमा पोख्त बनिन् मानेकी निनामरिदुले जपतन्त्र आदिबाट अरुलाई दुःख दिने र पारुसँग प्रतिस्पर्धा गर्न सक्ने भइन् । उनीले बोक्सी भएर अरुलाई सताउन थालिन् । पारुले आफूले जान्ने भएपनि निनामरिदुबाट पराजयको सामना गर्नुपर्ने परिस्थिती सृजना भयो । उनीहरु विच प्रतिस्पर्धा चलिरहेको थियो अन्ततः एकदिन धामी ठुलो की बोक्सी अर्थात् पारु ठुलो की निनामरिदु ठुलो भन्ने विषयमा परिक्षा हुने भयो । जुन परिक्षामा जसले अम्लिसोको पात (एक प्रकारको विरुवा जुन विरुवाको फूललाई कुचोको रुपमा प्रयोग गरिन्छ) चिन्न सक्छ उही ठूलो हुने कुरा निर्णय गरियो ।
सबभन्दा अगाडि पारुले अम्लिसोको उल्टो पट्टीबाट निले । उल्टोबाट धार नभएको कारण उ चिन्न सफल भयो । तर निनामरिदुले सुल्टोबाट निलिन् र चिन्न नसकेको कारणले उसको पराजय भयो । अम्लिसोको पात चिन्न सकेकाले पारु अर्थात् धामी ठूलो भयो ।
हालसम्म पनि धामी, झाक्रीहरुले धामी बस्दा बोक्सीबाट बच्नको लागि अम्लिसोको पात प्रयोग गर्छ । अम्लिोसोको पात प्रयोग गरी बोक्सीलाई खेदाउन सकिने सोही कारण आजसम्म अम्लिसोको पात प्रयोग गर्दै आइरहेको छ । बोक्सीलाई सिकाउने पनि धामी नै हो भन्ने मान्या पनि चलिआएको छ ।
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)