हार्दिक श्रद्धाञ्जली राष्ट्रकविप्रति

राष्ट्रकविप्रति साहित्य सङ्ग्रहालय हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ !!!

आदरणिय प्रिय राष्ट्रकवि माधवप्रसाद घिमिरेले १०१ वर्षका उमेरमा आज मंगलबार, भदौ २, २०७७ साँझ साढे ५ बजे ब्रम्हमलीन हुनुभएको छ ।

विसं १९७६ असोज ७ , पुस्तुन गाउँ, लमजुङमा जन्मिनु भएका कविले १९९२ मा गोरखापत्रमा “ज्ञान पुष्प” कविता छपाएर लेखन यात्रा शुरुगर्नु भएको थियो | उहाँको शिक्षा शास्त्री र दर्शन सम्म थियो भने उहाँले संसारका बिभिन्न राष्ट्रहरू भारत, चिन, बङ्गलादेस, सोभियत रुस, योरोपका प्राय: मुलुक,
संयुक्त राज्य अमेरिका लगायतका बिभिन्न देशहरूको भ्रमणदेशको भ्रमण गरी रचना वाचन तथा साहित्यसेवामा उत्साह थप्ने, उत्प्रेरित गर्ने गर्नुहुन्थ्यो ।

उहाँका मौलिक कृतिहरू
१) राष्ट्र-निर्माता-२०३०
२) धर्तीमाता -२०३०
३) पापिनी आमा-२०१७
४) राजेश्वरी-२०१७
५) नव मञ्जरी-१९९४
६) गौरी – २०१५ – शोककाव्य
७) नयाँ नेपाल – २०१३ – खण्डकाव्य
८) मालती मङ्गले- गीति नाटक
९) आफ्नै बाँसुरी आफ्नै गीत – निवन्ध संग्रह
१०) शकुन्तला – २०२८ – नाटक
११) किन्नर -किन्नरी – २०३३ – कविता संग्रह
१२) बाल लहरी – २०
१३) घामपानी – वि।सं।२०१२ – बाल कवितासंग्रह

उहाँका सम्पादित, अनूदित र फुटकर कृतिहरू :
१) पच्चिस वर्षा – खण्डकाव्य – सम्पादन
२) नागानन्द – २००२ – अनुदित नाटक
३) कविता – प्रधान सम्पादक
४) इन्द्रेणी
५) गोरखापत्र – सह-सम्पादक
६) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, निबन्ध, लेख प्रकाशित

पुरस्कार, मान – सम्मान, पदक
१) वि.सं. २०२२ मा एकेडेमी विशिष्ट पदक प्राप्त
२) वि.सं. २०३३ मा “त्रिभुवन प्रज्ञा पुरस्कार” प्राप्त
३) गोरखा दक्षिणबाहु प्रथम
४) “मालती मङ्गले” लागि श्री ५ वीरेन्द्रबाट नगद पुरस्कार प्राप्त,
५) त्रिभुवन प्रज्ञा पुरस्कार
६) बसुन्धराश्री पुरस्कार
७) आदिकवि भानुभक्त पुरस्कार,
८) सीताराम प्रज्ञा पुरस्कार,
९) सुप्रसिध्द प्रबल गोरखा दक्षिणबाहु,
१०) पद्मश्री सम्मान
११) “राष्ट्रकवि” उपाधि – २०६०

हाल उहाँको बसोवास ठेगाना: ज १३४ का.न.पा., लैनचौरु, अलकाबस्ती, काठमाडौं थियो |

राष्ट्रकविप्रति साहित्य सङ्ग्रहालय हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ !!!

उहाँका रचना पढ्नुहोस् >> यहाँ

This entry was posted in Misc and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.