~रुपिन्द्र प्रभावी ‘कटु’~
ट्यार्–ट्यार् ट्यार्–ट्यार्
भ्यागुताको गीत
न लय छ न ताल छ
र पनि मच्चिएर गाउँछन्–
ट्यार्–ट्यार् ट्यार्–ट्यार् ।
मन परोस्÷नपरोस् सुन्नेहरुलाई
गाइरहन्छन् भ्यागुताहरु
आजित स्रोताहरु सुन्छन् लय खोज्छन्
सुर खोज्छन् ताल खोज्छन्
काुण–प्रतिकोणबाट भ्यागुताहरुको गीत
एवम्रीतले घन्किइरहन्छ ट्यार्–ट्यार् ट्यार्–ट्यार् ।
मुटु, आँखा र मनभरि पोखरी संरचना बोकेका
नाङ्गाभुतुङ्गा मान्छेहरु
डरकै हतियार बोकेर
भ्यागुते गीतका विरुद्ध
आँसु, रगत र पसिनाको सिङ्गै पोखरी उचालेर
मुठीमा संभ्रान्त भ्यागुताहरुको गीत बन्दमा उत्रन्छन्
केको डर उनीहरुलाई ?
सायद डर उनीहरुको मष्तिस्कको शब्दकोशमै छैन ।
– समिभञ्ज्याङ्ग–५,लमजुङ
हालः पोखरा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)