~राधा वाग्ले~
तिम्रो दिलको दैलो भित्र पसिजाने मन छ
भित्र पसि डेरा जमाई बसिजाने मन छ ।
त्यो मन को बुलबुलेमा खेल्न दियौ भने
कहिल्यै ननिस्किने गरि धसिजाने मन छ ।
मेरै लागि मर्ने बाच्ने तिम्रो कसम सुन्दा
तिम्रै चोखो प्रेम जालमा फसिजाने मन छ ।
तिमिले आटि जोबन साटी लिनै आयौ भने
तिमि संगै लगन गाठो कसिजाने मन छ ।
दुबै मुटु एकै बनाइ लान्छु भन्यौ भने
सिउदो भरी तिम्रै सिंदुर घसिजाने मन छ ।