कविता : आफ्नाे भूगाेल हराएको देश

~हिमाेढ पहाडी~

हाइबुन शैली

नालापानीमा पूर्खाहरुले देखाएको वीरता
विश्वयुद्धमा गाेर्खालीहरुले अार्जेकाे शान
हिङ सिद्धिए पनि अझैसम्म
त्यस्तै त्यस्तै वीरताकाे वासना छरिरहेछ ।

एउटा दस्तावेज हाे सुगाैली सन्धि
प्याराे भूगाेल मुटुबाट चाेइटिएकाे कथा
अनि खाटा नबसेकाे घाउ
र देश लुटिदै जानुकाे क्रमबद्धता हाे ।

जब जब देशकाे भूगाेल लुटिन्छ
दरबार माैन बस्छ
सत्ताकाे विरासत थामेर
अनि राेटीबेटीकाे सम्बन्ध सेकि रहन्छ छिमेकीले ।

राजनीतिकाे ब्युहचक्रमा
जब स्वाभिमानकाे सगरमाथा घाइते हुन्छ
निद्राबाट जाग्छ देश
धर्ती पुत्रहरुकाे गर्जनले
आकाश थर्किन्छ
आस्थाकाे एक टुक्रा भूगाेल
आखा अगाडि लुटिएको पिडामा ।

माैन राजनीतिकाे कुटिलतामा
दक्षिण मुस्कुराउँछ
विस्तारवादकाे बैशाखी टेकेर
ऊ चिन्तित छ
किनभने फेरि बलभद्र जन्मिए भने
विश्वकाे इतिहासमा
अर्काे एउटा कथा लेखिनेछ
कालापानीकाे कथा लेखिनेछ ।

हाइकु
दुष्ट छिमेकी
एक टुक्रा भूगाेल
वीरकाे गाथा ।

दाङ
हाल : पाेर्चुगल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.