~सुजन बुढाथोकी ‘कान्छा’~
सबैभन्दा सुरुमा म समुन्द्रबाट
त्यो निलो आकासको प्रकासहरुसङ्गै
बादलहरुमा बिलय भएर
अनि फेरि झर्नेछु झरीहरुबाट
पृथ्बिका यि नाङ्गा बगरहरुमा ।
र भर्नेछु कसैका उदाङ्गा रहरहरुलाइ
यदि म नदि भए भने
यो देसको रास्ट्रीय सम्पदासुचिमा पर्नेछु ।
र यि विश्व इतिहासमा लेखिदिनुछु
कि मेरो यो देस सन्सारमै सबैभन्दा धेरै
जलश्रोतको धनी देस हो ।
यदि म नदि भए भने
श्रम सम्झौता गरेर
बिदेसमा बेचिएका नौजवान श्रमसक्तीहरु झै
बेचिनेछ मलाइ ।
यदि म नदिनाला भए भने म नेताद्वारा बेचिनेछु
र पुग्नेछु यो देसहरुहुँदै दिल्ली र यो दुनियासम्म
अनि त्यो दिन
हिमाल,पहाड तराइ,डाफे मुनाल परेवा गाई गुरास र गुलाफका फुलहरु
तिर्खाएर आकुलब्याकुल भएर
बिलकुल रोइरहेका हुनेछ्न
र म बेचिएको दिन
र सबैभन्दा धेरै मेरि नेपाल आमा रोइरहेकी हुनेछिन ।
यदि म नदि भए भने म खोजिरहनेछु
मेरो अतीत
मेरो पुर्वजन्मलाइ
मेरा पुर्बस्मृतिहरुलाइ
मेरो जन्मभुमिहरुलाइ
जहाँ,तिमी हुनेछौ
मेरा इतिहासका हरेक पानाहरुमा
तिमी उभिनेछौ
सर्वाङ्ग स्वाभिमान बचाइराखेकि
कुनै महान सहिदहरु झै गरेर
त्यहा तिमी उभिनेछौ
हो,त्यहा तिमी हुनेछौ
अनि छुट्टिएर
आफ्नै सपनाहरुसङ्ग अलग्गिएर
समयको भेलहरुमा पौडिएर
म धेरै नै टाढा पुगिसकेको हुनेछु ।
बिपनाहरुभन्दा पनि पर ।
तिम्रा सुन्दरताका अन्नत छालहरुसङ्ग छुत्टीएर
जहाँ छु म ऐले
तिमिसङ्ग छुट्टिएर र यसरी बस्ने रहर थिएन
त्यो बाध्यता थियो
यसैले,मलाइ आज यो परिस्थिले धेरै नै ढाढा पुर्याइदियो
बिस्तारै बर्सहरु बद्लियो
आखाहरुबाट आसुहरु बर्सियो
र जिवनभर आँसुहरुकै भेलमा डुबियो
कसैलाइ सम्झिएर
बिस्वास दिलाएर
र प्यास बुझाएर पनि
अरुलाइ अनि म आफू
जिन्दगिभर प्यासी भएर बाचिरहेको हुनेछु
,यदि म अब नदि भए भने
सिमानाहरुमा ठढिरहेका
यि दिवारहरु पार गरेर
बिहार पुग्नु अघाबै
एकबार त्यही रोकिएर
बिचार गरिदिनेछु
र पछाडीपट्टि छालहरु हान्दै फर्किनेछु ।
किनकि, यदि म नदि भए भने
मेरो रफ्तारहरुसङ्गै एकसाथ
मसङ्गसङ्गै सवार गरिरहेको हुनेछ
मेरो देस
।।।
~
बर्सौ बर्स लगातार
घरमा पर्खिएर बसिरहेकी
पृयासीहरुको सम्झनाहरुमा
परदेसबाट फर्खिरहेको
कुनै प्यासी सपनाहरु झै
म केवल तिमिलाइ नै
बोलाइरहेको हुनेछु
म स्वदेस आइरहेको हुनेछु
~
कुनै अन्जान भबिस्य खोज्दै खोज्दै
कयौ किनार
र बर्तमानका असिम अन्धकारहरुलाइ पार गर्दै
कुनै सवारयात्रीहरु झै
म तिमि तिरै लहराइरहेको हुनेछु
बर्सौबर्स पुराना रहर
अनि आखाभरी अबिलाषाहरु सजाएर
बन्दरगाह आउने बाटोहरु हेर्दै
र तिमी त्यही पुरानु सागरमा
मलाइ बोलाइरहेकी हुनेछौ ।
~
हो त्यही ठाउँ जहा,पहिलो पटक
बिगतमा हामी अलग्गिएका थियौ ।
हो,त्यही आएर अनि एकाकार हुनेछौ
हामी समाहित हुनेछौ
जुनघर परिवारबाट हामी
बिभाजित भएर बिगतमा छुट्टिएका थियौ ।
~
र त्यो दिन मसङ्गै गएका
पराधिन भएका यी साराजमिनहरु
आफै स्वदेस फर्किनेछन
लिपुलेक,लिम्पियाधुरा
र कालापानी फर्किनेछ
यदि म महाकाली नदि भए भने
ती जम्मै भुमीहरु फर्काउनेछु ।
~
यदि म नदि भए भने यी सडककिनारहरुहुदै
डोजर लिएर आइरहेको कुनै लुटेरा झै
म कैले पनि जाने छैन
ती गरिबका छुकुम्बाशी बस्तिहरुमा
गाउका झुपढिहरुमा
बाढी भएर
किसानका खेतगराहरुमा
अनि अभाव भएर
मज्दुरको दयालाग्दो देसमा
म कै पनि जानेछैन
डाका भएर गाउका ढोकाहरु ढक्ढकाउन
अनि बगाउनेछैन उनिहरुलाइ
र लाने छैन मसङ्ग सङ्गै
र खाने छैन कैले पनि
सपनाको सडकमा सवार यात्रीहरुलाइ
तान्नेछैन कुनै बर्सौबर्स पुरानो भोग भएर
यदि म नदि भए भने
म त्रीसुलि नदि हुनेछैन ।
न्याय,निस्पछ्या निस्ठा र निर्दोषलाइ
नदेख्ने म नयन नभएको नियम जस्तो हुनेछैन
जो,सत्य असत्य देख्दैन
यदि म नदि भए भने
मलाइ यो सन्सारको कुनै पनि
अन्धो कानुनले छेक्नेछैन
~
म बिचराहरुलाई बगाउनेछैन
बद्लामा बरु त्यो दिन
देस बेच्नेहरुको दुखद निधन हुनेछ
म सरकारको
कुनै ठेकेदार जस्तो भएर आउनेछैन
म छालहरु लिएर काल बनेर आउनेछु
र म सबैभन्दा पहिला
एकैठाममा राखेर ती जम्मै दलालहरुलाई बगाउनेछु
ती ब्यहपारिहरुलाई बगाउनेछु
जस्ले कुनै दिन नेपालि नारीलाई
दुल्लिमा बिक्री गरे झै गरेर
मलाइ बिदेसमा लगेर बेचेको थियो ।
~
त्यसपछी भ्रस्टचारि
र बलत्कारिहरुलाइ बगाउनेछु
अनि मात्रीभुमीमा कोरिएका ती सबै दागहरु हटाउनेछु
र पखाल्नेछु ती जम्मै कलङ्गकहरुलाइ
जुन कलङ्गक म जन्मनु अघाबै
मेरो जन्मिएको जमिन
र माटोमा कोरिएको थियो।
~
एउटा कालो टाटो
जुन उनिहरुले दिएको
अमिट हस्ताछ्यर थियो।
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )