कविता : भावना

~आदर्श प्रधान~

मष्तिष्कले नै सम्हाल्न सकेन
आरुनै कथाहरुका ब्यथाहरु
जिन्दगीले नै बुझ्न सकेन
आरुनै भावनाहरुका चाहहरु ।।

कथा र ब्यथा बताउन अब यहाँ
ऋतु परिवर्तन हुन आवश्यक छ
चाह र भावना बुझाउन तब यहाँ
साइनो जोडनु निरर्थक छ ।।

हाँसोले थाम्न सकेन
मेरा खुसीका सिमाहरु
आँसुले पखाल्न सकेन
मेरा प्रीतका बाचाहरु ।।

खुशीका सीमाहरु कोर्नलाई यहाँ
यूग परीवर्तन आवश्यक छ
प्रितका बाचाहरु भर्नलाई यहाँ
पश्चतापको पासो आवश्यक छ ।।

दिलले थाम्न सकेन
आरुनै मष्तिष्कका चोटहरु
भावनाले बुझ्न सकेन
भाब सुमनका फूलहरु ।।

आदर्श प्रधान
दोलखा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.