गीत : मोतिजस्तो रुप तिम्रो

~बिमल गिरी~

मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी
सुन्दरताको जालमा पारि गर्यौ मनपरि

मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी
अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी
परेलिमा लुकाउ मलाई तिमी मेरी जलपरी
सुन्दरताको जालमा पारि गर्यौ मनपरी

मनैचोर्ने बोली उनको कति दङग परु म
मौरिलेझै रस चुस्तै तिम्रै काखमा मरु म
लोभै लाग्ने झरनाझै तिमी मेरी जलपरी
सुन्दरताको जालमा पारि गर्यौ मनपरी

चारपाने झापा
हाल: बेल्जियम

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.