~सदानन्द अभागी~
बातैबात अहो प्रिया
मातैमात अहो प्रिया
आजैआज नभै देरी
हातैहात अहो प्रिया
आतेखर्च सबै तेतै
रातैरात अहो प्रिया
होला भेट दुबै सँगै
साथैसाथ अहो प्रिया
मैका आछ नभै टाढा
हाम्रो खात अहो प्रिया
सन्धीखर्क
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )