~रवि प्राञ्जल~
किनारा कहाँ छ यो जिन्दगीको ?
सहारा कहाँ छ यो जिन्दगीको ?
तिमी नबस्दा यो मनको कुनामा
गुजारा कहाँ छ यो जिन्दगीको ?
तलाउ खोज्दै धेरै भो बगेको ,
त्यो रारा कहाँ छ यो जिन्दगीको ?
भरिन्न पेट सान्त्वनाले मात्र ,
त्यो चारा कहाँ छ यो जिन्दगीको ?
घस्री रहेछु म घस्री रहेछु ,
हल्कारा कहाँ छ यो जिन्दगीको ?