अनूदित कविता : के तिमीलाई थाहा छ?

~निर्मला पुतुल~
अनुवाद : विक्रम सुब्बा

पुरुषहरूको भन्दा
स्त्रीहरुको नितान्त
एकान्तका बारेमा तिमीलाई थाहा छ?

घर, प्रेम र जातिभन्दा अलग
एक स्त्रीको आफ्नो
जमीनका बारेमा बताउँन सक्छौ?

सदियों देखि आफ्नो
घरको तलासमा
एक बेचैन स्त्रीलाई
उसको घरको ठेगान
बताउँन सक्छौ?

आफ्नो कल्पनामा
एक स्त्रीले आफुलाई
एउटै समयमा एकै चोटी
स्वयं आफुलाई
कसरी स्थापित र विस्थापित गर्न सक्छे
के तिमि बताउँन सक्छौ?

आफैसँग युद्धरत एक स्त्रीलाई
नाता-सम्बन्धहरूको कुरुक्षेत्रमा
सपनाहरूले लखेटीरहेको
कहिल्यै तिमीले देखेका छौ?

शरिरको भूगोलभन्दा पर
मनका गाठोहरु खोलेर एक स्त्रीको
ऊ भित्र खेलिरहेको इतिहास
कहिल्यै तिमीले पढेकाछौ?
उसका मौन दुनियामा बसेर
शब्दका प्रतिक्षा गरिरहेउका उसका अनुहार
पढेकाछौ कहिल्यै तिमीले?
उसले आफुभित्र वंशबीज छरिरहेको
र उसका फैलिरहेका जराहरू
के तिमीले महसुस गरेकाछौ?
एक स्त्रीका सबै सम्बन्धहरुको
व्याकरणका बारेमा
के तिमिलाई थाहाछ?

एक स्त्रीले स्त्री-दृष्टिले देख्ने
स्त्रीको परिभाषाका बारेमा
के तिमी बताउँन सक्छौ?

यदि यी यवद कुरा बताउँन सक्दैनौ भने
भन्सा घर र ओछ्यानको गणितभन्दा पर
एक स्त्रीका बारेमा
तिमी के बताउँन सक्छौ?

– संथाली नेपाली अनुवाद

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.