~रुपा जोशी~
आज मात्तिएको छ यो औँला
मेरो देब्रे बूढी औँला
गाढा पोटासे रङ्गले टाटेपाटे बनेको छ नङ्ग
तर त्यही पोताइमा रमेको छ
मेरो बूढी औँला
बाह्र वर्षसम्म बगेको रातो खोलो
अब सँधैका लागि सुक्ने संकेत पाएर नै होला रमेको
मेरो बूढी औँला
बर्षौँ देखि छाएको तिक्तता र मारकाटमा
अब तगारो लाग्ने ठानेर नै होला झुमेको
मेरो बूढी औँला
देशै भरिका सबै थरि एकै भएर
अधि पाइला चालेको बुझेर नै होला फर्ुर्किएको
मेरो बूढी औँला
घेरै वर्षो पर्खाई पछि नया दिशा पहिल्याउन
बाटो खुलेको मेसो पाएर नै होला
आज मात्तिएको छ यो औँला
मेरो देब्रे बूढी औँला
(स्रोत : नेपालीकविता डट कम)