~अनिता भण्डारी पौडेल~
खुशी छैनौ तिमी, बस्ने महल पाएर पनि
डिस्को, क्लब, मोज मस्तीमा धाएर पनि
किन तिम्रो अनुहारमा ग्रहण लागेको छ
महँगा महँगा पहिरन गहना लाएर पनि
गरिब हुदाँ दुखी, धनि हुँदा सुखी भन्थ्यौ
खै कँहा गयो तिम्रो हाँसो मनले चाहेर पनि
भजन गर्छौ भोजन गराउछौ शान्ति खोज्दै
शुद्ध छैन मन तिम्रो फेरी शुद्ध खाएर पनि
बस्ती छोड्यौ शहर छोड्यौ पुग्यौ परदेशमा
रम्न सकेनौ तिमी परदेशीको गुण गाएर पनि
नंया बानेश्वर , काठमाडौँ