संस्कार परिचय : थामीजातीको बिहे “साउती”

~वीर बहादुर थामी ‘लिले’~

नेपाल सानो मुलुक भएतापनि विभिन्न जातजाती र भाषाभाषी बसोबास गरेको मुलुक हो । विभिन्न जनजातीको बसोबास भएता पनि सबै जातीको उत्थान भएको पाइदैन । यस्तै उत्थान नभएको जाती मध्ये थामी जाती पनि एक हो । करिब चालीस पैंतालीस हजारको जनसंख्या रहेको यो जाती, नेपालको विभीन्न ठाउँमा बसोबास गरेपनि दोलखा, सिन्धुपाञ्चोक, र रामेछाप जिल्लामा भने अधिक मात्रामा रहेको पाइन्छ । यो जाती संस्कृतीको धनी पनि छ आफ्नै भाषा,भेष रितीरवाज र परम्परा रहेको पाइन्छ बनौट हेर्दा तिब्बति जस्ता देखिने यो जातिको आापनै परम्परा रितीरिवाज रहेको छ ।

थामी जातीको विवाह भन्दा अगाडी गरिने विवाहलाई साउती (कोसेली) भनिन्छ । थामीजातीको विवाह एक विशेष महत्वको छ थामी जातीको विवाह २ भागमा विभाजन गर्न सकिन्छ । एउटा बच्चा जन्माए पछि छोरा छोरीको विवाहको समयमा र अर्को सल्लाह अनुसार यौवन अवस्थामा मागेर विवाह गर्ने चलन छ । यसै मध्ये साउती पनि एक बिषेश महत्वको छ । थामी जातीको परम्परा अनुसार जाँडको अति नै महत्व रहेकोले हरेक कामकाजमा जाँडको अतीनै महत्व रही आएको छ ।

मागी विवाह जब केटा वा केटि यौवन अवस्था पुग्छ तब बाबु आमाले २ जना लाЄ्मी केटीको घरमा केटी माग्नको लागी दुइ बोतल रक्सि तिन वटा चामलको रोटी (यो एउटा एकमानाको हुन्छ) मेन्चामा हालेर दुइ कुलीन तोЄ सगुनको रुपमा लगी फलाना केटालाई तपाइको छोरी माग्न आयौ भन्छन् । कुरा मील्ने भएमा केटाको थर गोत्रा सोधिन्छ । केटाको थर केटीको आमाबाबुमा मिल्न गयो भने विवाहवारी चल्दैन थर नमिलेमा विवाहवारी चल्छ । यस्तै गफ गर्दै केटाको घरबाट लगेको तोЄ रक्सि खान्छन् ।यदि त्यस दिन कुरा नमिलेमा त्यो सगुन केटीको घरमा झुण्ड्याइन्छ यसलाई थारोको रोटी भनिन्छ । जब यो रोटी केटीका आमा बाबुले खान्छन् तब केटी पक्का भएको मानिन्छ । यो थारोको रोटी खाए पछि अब लाЄ्मी खुटामे खाने भनिन्छ ।यो चाँही गाउँघरका आ€ना दाज्यु,भाइ र मान्यजनले केटीको कुरा छिनेको उपलक्ष्यमा खाने रित हो । लाЄमी खुटामेको लागि एउटा भाले, दुई बोतल रक्सि, एक घ्याम्पो तोЄ्(माइती मावलि हेरी) तिन वटा ढुЄगे रोटी चिचिपोरे, बेहुलाको घरबाट ल्याएर बेहुलीको आफन्तलाई दिइन्छ । यो खाए पछि अब साउती कहिले खाने भन्ने छलफल हुन्छ । ल फलाना महीनामा खाने भनी छलफल हुन्छ । अब साउतीको लागी तयार गर्छन् सबै तयार भएपछि फेरी तिनवटा रोटी (चामलको तिनमानाको) सगुन लिएर सोधानी जान्छन लौ फलानो दिन हामी साउती लिएर आउछौ । अब केटीको आमा बुबाले केटाको घरबाट लगेको रोटी मसिनो टुक्रा टुक्रा गरी आफन्ता र गाउघरकोलाइ त्यो रोटी दिदै निम्तो गरी फलाना दिन मेरो छोरीको बिबाह भनी बोलाउनु पर्छ ।

अब साउतीको दिन केटाको घरबाट मान्छे हेरी सगुन, तीनवटा रोटी, चिचिपोरे, खसी, चामल (चामल, र खसी चाँही चारदामको लागी) यस्मा एउटा मुल सगुन हुन्छ बेहुलाको घरबाट लगेको मुल सगुन घरको अगेनु छेउमा राखीन्छ घ्यामपोको मुखमा तिनवटा रोटी, चिचिपोरे, । यो सगुन नखाय सम्मा साउती सकिदैना यस्मा एकजना खामी या गुरुले फलाकी सगुन चलाउने काम हुन्छ माईती, मावली, बुढोमावलीु, मान्यजन अनिबार्य उपस्थिती भइ झाँक्री या खामीद्धारा सगुन ठोत् (केटीको आफन्तहरुले हातमा टोटोलाको फूल समाइ आशिक दिने काम) गरीन्छ जम्माभइ वरीपरी मान्यजन बसि गफ गर्दै र गुरु या खामीले फलाग्ने काम गरी बिधिपुर्बक रोटी भााच्ने काम हुन्छ । र सबै जना आए पछि मुल सगुृन ठोत्को गरी वाल्दाने मान्ने मान्छेहरुले समाईगुरुले फलाक्ने काम गर्छन । तिन पटक वसईको गरेर बान्दाने जम्मा गर्छन, वान्दनेको फुल जम्मा गरि गुरुले आशिश दिदै बेहुलिलाई लगाई दीन्छन। अब सगुन फोर्ने भनी घ्याम्पाको मुखमा राखेको रोटि र चिचिखारे रोटी भाँच्ने काम हुन्छ । तोЛ छानि मुल सगुनको रुपमा खाईन्छ । खानु भन्दा अघि २ वटा बोटुृकोमा जाँड र त्यस्को वरीपरी बाल्दाने राखी सगुन ठोत्को गर्ने काम हुन्छ । यसको साथसाथै वेहुलाले ढोग्ने काम पनि हुन्छ । त्यसको साथसाथै रोटि पनि टुक्रा पारी प्रसादकोरुपमा चेलि प्रसाद भन्दै बाँडीन्छन ।यसको साथम केटाको आमा पनि एक डालो रोटी लिएर ढोगभे्ट गर्न आउँछन । आमाले ढोका भेट गर्दा सबभन्दा पहिला केटिको आमा बुबा सँग तिन पटक सम्म १ मिटरको फरकमा वसि हातले भुई छुई नमस्कार दुवै पक्षबाट ढोगभेट हुन्छ । ढोग भेट नगरे सम्म पछि कतै भेट भएमा नमस्कारको मतलब हुदैन भन्ने चलन छ ।अब वेहुलाको घरबाट ल्याएको सबै जाँड खाईसकिन्छ । साउति सकियो भन्ने जनाईन्छ । केटा पक्षले अब सबैलाई नमस्कार गरी केटिलाई नलिई जान्छन। अब विवाह कहिले गर्ने गते, महिना।्, वर्ष पछि गर्ने भन्ने सल्लाह पनि साउतिको साथ साथै हुन्छ। यदि साउती गरीसकेको केटि कसैले भगाएर लगेमा साउतिमा लागेको खर्च व्यहोर्नु पर्ने छ । थामी जाती अझै पनि कतिपय ठाउँमा करले विवाह गर्ने चलन छ केटाको घरबाट फलानो केटि माग्न जाने भनेर २ जना लЄ्मी पठाईन्छ । लЄ्मिको साथमा २ बोतल रक्सि या ताЄ लिएर जान्छन । कुरा नमिलेसम्म त्यो रक्सि चलाएको हुदैन । जब केटिको आमा बुबाले अटेर गरेर केटि दिन्न भन्छन । तब लЄ्मिले केटाको लगेको सगुन ढोकामा झुन्डेयाउँछन र हिड्छन यो सगुन जब केटिको आमा बुबा खुशि हुदैनन तब सम्म त्यो सगुन रहिरहन्छ । फेरी केहि दिन पछि केटाको घरबाट जान्छन यदि केटि दिने मनसाय भएमा सगुन झिकेर खान्छन नभएमा त्यहिनै सगुन खाएर अब देखि तपाइको घरमा हामी कहिले पनि केटकिो लागी आउने छैन हामी अब अर्को घरमा केटी माग्न जान्छौ भनि फर्कन्छन् ।

– दोलखा

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.