~सदानन्द अभागी~
पूर्णतामा रमाई घुमाई
स्वर्णतामा सजाई झुमाई
आउँछन् ती वहाना बनाई
पाउँछन् के बसाई गुमाई
हुन्छ आनन्द कहाँ कसोरी
आफु कै साथ महाँ रमाई
कामनामात्र यहाँ नकल्पौ
आउने हो सबमा सुमाई
सन्धीखर्क
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )