~कौशिला रिसाल~
तिमी भेटे मनमा मीठो आभास लाग्न थाल्यो
आजभोली आफ्नै जीवन खास लाग्न थाल्यो
हिंड्नुपर्छ थाछ, एक्लै साथी हुन्नन् जहिले
तिमी बिना पल पल निरास लाग्न थाल्यो ।
कति रहर डुबाएर कहरमा बाचेको थे
खुसी दियौ, जीवनमा आश लाग्न थाल्यो ।
हुर्केको त हिलोमै हु बढ्ने कला सिके पछि
मनको फूल फक्रीएछ सुबास लाग्न थाल्यो ।
‘कौशिला’ जीवन सधैँ कल्पनामा बाँचेको छ
त्यसैले त हिजोआज झकास लाग्न थाल्यो ।।