कविता : जलारी गुढी माझीदाइ

~सुजन बुढाथोकी ‘कान्छा’~

गाउँमा दिनभरी गुजारा गर्दा पनि
केही फजुल खर्चहरु नगर्दा पनि
आफ्नै पेशाबाट
जिवननिर्वाह नभएर
नाइट ड्युटी गर्न
सहर आइरहेको
कुनै गरिब अनुहार हो
यो बेसाहारा
र बेरोजगार पात्रको
एउटा अति निम्नस्तरको
बिचारा जलारी माझीदाइको

यो लामो लकडाउनमा
बिचरा गरिबहरुले के खाउन ?

माछाका भुराभुरिहरु झै
कलिलो अनुहार भएका
आफ्नै छोरोछोरिहरु
सुतिरहेको ओछ्यानमा ओढिरहेको
झुलहरु झिकेर
गन्धनमा गन बोकेर
लाहुर हिडिरहेको सिपाहीहरु झै
काधमा कोदाली भिरेर हिडिरहेका
मज्दुरहरु झै
माझीदाइ भर्खर
आफ्नु शरिरभर झुल भिरेर
बिलकुल खोलातिर दौडिरहेका छन
अब हेरौ माझी दाइले के गर्छन ?

झुल उस्कै पुरानो सपनाहरु जस्तै गरेर
धुजा धुजा भएर त्यतिएको छ
र ठाउ ठाउमा मा गाठो पर्ने गरि
बिस्वासका धागाहरुले सिलाएको छ
हेरौ माझीको दाइको त्यो जालमा
आज कति माछाहरु पर्नेछन
अब हेरौ माझी दाइले के गर्नेछन?

कुनै महङ्गो झुल जस्तै दरिलो
यो लकडाउन सबैले माने
ठुलठुला जमिन्दारहरुले माने
सरकारका ठेकेदारहरुले माने
सर्दार र हवल्दारहरु पनि माने
सबै सबैले धनिमनिहरुले माने
धनिधनी ब्यहपारिहरुले माने
तर,बर्सौ बर्सदेखि जलारी दाइ
गरिबिको जालोमा बेरिएको छ
भोकमरिको भुमरी परेर
बन्धक बनेको छ
कोरोनाको माहामारी फैलिएसङ्गै
यो लकडाउन
ठुलठुला काजीहरुले पनि माने
तर,अफसोच कैले पनि ती माझीहरुले मानेनन

सायद,यसैले पनि उस्ले लकडाउन
जिन्दगिभर मानेको छैन
किनकी, लकडाउन मानेको भोलिपल्टै
उस्ले आफ्नु परिवारको अनुहार देख्न पाउदैन ।

धिक्कार छ सरकार
कोरोना औसधि उपचारको नाममा
मन्त्रीले करौडौको भ्रस्टचार गर्यो
तर उस्को अनुहार कहि पनि देखिएन
नत गद्दारहरुलाइ गिरफ्तार नै गरियो?
जब माझिदाइ महाकाली नदि तर्यो
तब उस्लाइ त्यही दोधारमा रोकियो
जब त्यहा टेक्नलाई एकमुठ्ठी माटो थिएन
जब उ राहत बाड्दै छ भने खवर थहा पाएर
दिनभरी भोको पेट लाएर
गार्डहरु झै उ नगरपालिका कार्यलयको
गेटमा उभियो
सुन्को सिक्री र लेदरको ज्याकेट लगाएर
गुन्डाहरु कारमा आएर
अनि उस्लाइ त्यही गेटबाट हटाएर
गाढीभरी भारी झोला र राहतका प्याकेटहरु लिएर
सहर फर्किए

उ आहारबिहिन
अनि आधारहिन भएर रित्तो हात गाउँ फर्कियो
र त्यसैको भोलिपल्ट
अखबारमा समचार छापियो
अनि अखङ्गख्य भिखारी गरिबहरुको उद्दार
भनेर लेखियो
र त्यही नाङ्गो भकारीहरुको भिडमा
रङ्ग उठेको मधुर ताराहरु जस्तो
कसैको उदाङ्गो अनुहार देखियो
जरुर र त्यो जलारि दाइको थियो ।

र यदि जलारी माझी दाइलाइ
कालापानीको मुहानमा माछा मार्न पठाउने हो भने
जरुर,त्यहा कुनै बहादुर शैनिक चाहिदैन
जलारी दाइ आफैमा एउटा निर्भिक
अनि क्रान्तिकारी कमाण्डर हो
जस्ले कम्मरमा भिरेकोछ
माछा मार्ने हतियार
गोजिमा बोकेको छ भुरा काट्ने छुराहरु
उ अजिङ्गगर हो,
जस्ले आफ्नु आहारहरुको निमित्त
बल्छी थाप्न जानेको छ
उ जलचर हो ,
जो समुन्द्रमा ओछ्यान लगाएर सुतेको छ ।

कसम यदि माझिदाइ लाइ महाकालिको किनारमा
राखियो भने
जमिन्दार पाजी
त्यो दलाल भारतको हालत
सायद,माछाहरु झै गरेर
त्यो उस्को झालमा परेर
उस्को सिकार भएर त्यही सकिनेछ ।
तर,अफसोच त्यो माझिलाई
त्यहा कैले पनि राखिने छैन
किनकी, उ सरकारको मान्छे हैन ।

जलारी दाइ
भोकमारिले पेटमा कुदिरहेका
मुसाहरु सङ्गै
बेरोजगारिको आगोहरुमा पिरोलिरहेका
आखाहरुबाट खसिरहेका
आसुका तलाउहरुमा नाउ हालेर

सप्तकोशी, त्रीसुली ,अनि सुनकोशी नदि
र आन्द्रा महासागर जस्तै
गहिरा तिनै आखाका ढिलहरुबाट
बर्सिरहेका आसुका भेलबहावहरुमा तैरिएर

मनको अनन्त गहिराइ
अनि भावको ढुङ्गाहरुमा पौडिएर
कसैलाइ कल्पिएर
जिवनसाथिलाइ सम्झिएर
टोलारहेको कुनै कवि झै
बर्सौदेखी त्यही रमाइरहेको छ माझिदाइ ।

नदि वारि पारी नाउ थापेर
आफ्नै रहरका लस्करहरु जस्तै
नदिका लामु लम्बाइहरु मिटरमा नापेर
जलारी माझीदाइ
आफ्नै भाग्यको भुमरीलाई घेरेर
झरिमा पनि दिनभरी बकुल्लाहरु जसरी
नदिका हरेक छालहरुलाइ हरेर
अनि रुघेर जिन्दगिभर किसानका खेतगराहरुमा
उघेर स्थिर उभिरहेको बुख्याचाहरु झै

आफ्नै आँसुको विशाल तालमा जाल हानेर
अनि आफ्नै निधारको त्यो तक्दिरलाइ बेरेर
बर्सौदेखि लगातार त्यही किनारमा उभिरहेछ
माझिदाइ
आफ्नै आखाको आसुहरुमा डुबिरहेछ ।

र फेरि उक्लिर अलिकती माथी
नाउहरुबाट
जुवा जस्तै गरेर
जिवनमरणको दोधारमा दाउ भरेर
कुनै दाबेदार खेलाडी झै
माझिदाइले आफ्नै आखै अघाडी
चिसा हातहरुले फुत्त फ्याकिरहेका
ती झुलहरुमा
हेरौ आज कति हुल माछाहरु पर्नेछन ?
यदि,झुलभरी माछाहरु पर्यो भने
जरुर रमौलान कोहि
देखेर तिनै माछाहरु झै
गरेर बच्चाहरु उफ्रीरहने छन
घर आगनहरुमा
तर,अफसोच झुलमा एउटा पनि
माछा बिलकुल परेन भने
यो पक्का छ कि
तिनै नाङ्गा झुलहरु झै गरेर
उस्का भुराहरु भोकमरिमा परेर मर्नेछन .

बर्खे झरीमा
मछ्लिहरुको कारोवार गरेर
जसोतसो उस्को बुढी र
भुराभुरिहरुको भुढी त भर्ला?
खडेरीहरु परेर
तर,यी नदिनला र तलाउहरु सुक्यो भने
जलारी दाइले के गर्ला?

सिद्राहरुको ब्यहपार गरेर मात्र
माझिदाइका सबै सपनाहरु त सकार हुदैनन
र मझिदाइको पूरा परिवार
र घरब्यहवारहरु
माछाहरुको ब्यहपारहरुले मात्र चलेको छैनन ।

सडककिनारमा माछाहरु बेचेर
आफ्नु परिवारको भुँडी भर्छ
जलारी माझी दाइ
र पाए सरसफाइको काम पनि गर्छ
सप्तकोशीदेखि इटहरी सहर धेरै पर छैन
सुनकोशीनदि देखि धुलिखेल धेरै टाढा छैन
अनि बक्राहानदीको पुलदेखी
उर्लावारी धेरै टाढा छैन
र त्यो त्रीसुलिदेखि काठमाण्डो धेरै टाढा छैन
यस्तै केही सपनाहरु बोकेर
गाउको जलारी गुढी माझी दाइ
माछाहरुको अन्द्राभुँडी केलाएर
झुलहरुमा राखेर अनि पैदल हिडेर
तिनिहरुलाई बिस्वबजारसम्म पुर्याउछ
र यो सारा सन्सारलाइ
बिकासी ताजा लोकल माछाहरु खुवाउछ

सहरका हरेक 5 स्टार होटल
र डान्सबारहरुसम्म पुर्याउछ
निगार र रक्सिका बोतलहरुमा पुर्याउछ
नदिकिनारका माछाहरु
भट्टिको भान्सा र किचनमा पुर्याउछ
अनि सागरका सस्ता माछाहरु
र उ यो
देसभरका हर सेकुवा कर्नरहरुमा पुर्याउछ

अनि उस्को कलिलै उमेरमा
जलिरहेको जवानी जस्तै गरेर
तातो भुङ्गग्रोहरुको धुवा घर
र सेकुवा कर्नरहरुमा सेकाएर
उस्को आफ्नै बदनको बोशोहरुको
शितनहरुसङ्गै
जहाँ ,पस्किएर तिनिहरु प्लेटहरुमा पुग्नेछन
महङ्गो रेटहरुमा पुग्नेछन
कुहिएका फोहोरको पोकाहरु झै
दुर्गन्ध गुनगुनाइरहेको
भट्टि र बेस्यालयका हरेक कोठाहरुमा पुग्नेछन
र जहाँ ,सन्नि लियोनीका सङ्गहरुसङ्गै
उफ्रीरहेका हुनेछ्न मुन्नी बदनाम हुइ
डारलिङ्ग तेरे लिये
र सिलाकि जवानी भन्दै
बेस्या र धनाड्य डनहरु
डिस्को डान्स बारमा पैसाहरु फ्याक्दै
र तिनै बेस्याहरुसङ्गै
हातहरु हल्लाएर छेबैमा उफ्रीरहेको हुनेछ
खुद
यो देसको कुनै एक नामुद नेता ।

सबै सबै मिठास स्वादमा
र नसालु ओठहरुसङ्गै जेहेरिला जिब्रो पढ्काएर
तेलमा तारितारीकन माछा खाइरहेका
हुनेछन दरवारमा बत्तिहरु निभाएर
अन्धकारमा मधुमास मनाइरहेका हुनेछन
एकनाश सबै सबै
अनि आफ्नै सुरमा हराइरहेका हुनेछन
जरुर सबैसबै एकसाथ रमाइरहेका हुनेछन ।

र त्यही रात
रित्तो रक्सिका बोतलहरु बोकेर
टेवलको सबैभन्दा मुनि उभिएर
भतुवा कुकुरहरु झै
त्यही माछाको काढा चपाइरहेको हुनेछ
जलारी माझीदाइ ।

त्यही होटलको सबैभन्दा तलको
कर्मचारी भएर भुइ बढार्दै आइरहेको हुनेछ


“साहित्यमा तर्क तथ्य र नबितम चिन्तन र बिचार दर्शन पुर्वानुमान र परिकल्पना मेरो रुचिको धार हो । र मेरो लेखनको रोजाइ पिडित पछ्यहरुको आबाज इन्साफ अधिकार अनि आम जनरोदन हो । जलारी माझि दाइ गाउँमा गुजारा गर्ने तर आफ्नु पेशाबाट जिबिका नभएर नाइट ड्युटी गर्न सहर जाने कुनै बेसाहारा पात्र हो । एउटा अति निम्नस्तरको यो कबितामार्फत मैले गरिब मज्दुरको बाध्यता अनि दयनियता र ऐलेको समाजमा उस्को यथार्थ अबस्था र स्थान सङ्गै पुजिबादी नेत्रीत्व र दलाल ब्यवस्थाहरुले उस्को घाँटी निमोटिरहेको तथा सामाजिक कुरिति अनि बेथितिहरुले उस्लाइ गरिरहेको दुर्ब्यहवार र केही बिकृतिहरुले उमाथी परिरहेको अन्याय र अत्याचारहरुलाइ पर्दाफास गर्न खोजेको हु ।”


– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.