कविता : यो सन्सारकै सबैभन्दा ठूलो आगो !

~सुजन बुढाथोकी ‘कान्छा’~

मेरो यो दिलको द्ववारमा
दन्किरहेको ज्वार
अनि यी अनुहारका गालाहरुमा
जलिरहेका ज्वालाहरु दवाउन
बर्सौदेखी यी नदिनालाहरुहुँदै
कालापानीको किनारमा बलिरहेको
अनि सिमानाको सङ्गघारमा सल्किरहेको
आगो निभाउन
र भ्रस्टचारि भाइरसको बिस्तारलाइ ताला लगाउन
सरकार !!यदि कुनै दिन
मैले आणबिक भालाहरु बनाए भने
मलाइ यो देसले सजाय दिन्छ या दिदैन ?

हुनत यो सन्सारमा हतियार मात्रै पनि
सबैभन्दा बलवान अस्त्र हैन
आफुमाथि आफ्नै आफन्तले गरेको
अन्याय जो कसैलाइ स्बिकार्य छैन!
यदि मैले आणबिक हतियार बनाए भने
मलाइ कुनै पुरस्कार दिनु पर्दैन
बिद्रोहहरु ब्यक्त गर्दै त्यसैको लागि
मैले यो कबिता लेखेको पनि हैन

चिन अमेरिका रसिया र कोरिया
इरान पाकिस्तान र हिन्दुस्तान
जापानको हिरोसिमा र नागासाकिरा झै गरेर
तिनिहरु सबै खरानी हुनेछन
नेपाल आमाको कसम
हो तिनिहरु सबैले हार्नेछन

यदि मैले बम बनाए भने
र सबैभन्दा धेरै
बिस्वयुद्दमा सिरुपात्ते भुत्ते खुकुरीको भरमा
लढाइ लड्ने ती वीर गोर्खालिहरुले
मलाइ धिक्कार्नेछन
यदि मैले आणबिक हतियार बनाए
या,म आफै एउट एटमबम भए भने ।

मेरो बिस्तारबादलाई रोक्न
मान्छेहरु डराएर घर घरमा बस्नेछन
महामारी निम्तिनेछ बेरोजगारिहरुसङ्गै
र भ्रस्टचारिहरु झनझन मौलाइरहनेछन ।

खडेरि चल्नेछ
आहार हराएर हाहाकार मच्चिरहेको
कुनै जङ्गल जस्तै
या,जनावारहरुले
अर्को कुनै जनवारको सिकार गर्न बिचार गरिरहे झै
मान्छेहरुले आफ्नु भोक मेटाउन
मान्छेहरुको नै उपभोग गर्नेछन

यदि यो सन्सारमा मैले आबिस्कार गराए भने
आणबिक हतियारहरु बनाए
या,म आफै एउटा
अटमबम भए भने
मलाइ दाबेदार देसहरुले
महङ्गको रकमको रेटमा किन्नेछन
र मलाइ पुर्याउनेछन
बिस्वबजारसम्म ब्यहपार गर्नलाइ
र गरिरहनेछन मलाइ
नरसम्हारको बिनासको निमित्त प्रयोग
तब बिस्वभर वारहरु चलिरहनेछ
र चलिरहनेछ काटमारहरु
जब सम्म बनिरहनेछन हातहतियारहरु ।

महान बैग्यानिक अल्प्रेड बनहार्टका नोबेलका
यी सबै रासायनिक सिद्दान्तहरु
फेरि पनि पुनर्जिबित हुनेछन
तर,अफसोच
ईतिहास लेख्ने कलमहरुको हार हुनेछ
र फेरि बिनास हुनेछ यो बिशालविश्व
यदि मैले आणबिक हतियार बनाए भने
या,म आफै एउटा अटम बम भए भने
र फेरि निम्तिनेछ तितृय बिस्वयुद्द

मानौ,म अटमबम भए भने
आगो, जलन ,रोदन
चीत्कार,काटमार अनि दफन,
र हातहतियारहरु
मेरा मित्रहरु हुनेछन ।

पानि,नदिनाला समुन्द्र र कुण्डहरु
अनि देस, रास्ट्र र रास्ट्रीयताहरु
मेरा एक नम्बर दुस्मन हुनेछन ।

यदि, म बारुद्द भए भने
यथास्थिति
उग्रबाद,आतङ्ग, अनि अरास्ट्रबादहरु
मेरो साथीहरु हुनेछन
सहमती,शान्ती अनि समृद्दी
र क्रान्ती मेरा सत्रुहरु हुनेछन ।

यदि म बारुद्द भए भने
खुलेर खुलेयाम आइरहेको डाका जस्तो
लुकेर अन्धकारको कुनै कुनामा
बसिरहेको चोर जस्तै गरेर
म हुनेछु गरिबका कुनै झुपडीहरुमा
गाउँका सुकुम्बाशीबस्तिहरुमा
सहरका अग्लाघरहरुमा
मन्दिरमा न्यायलयमा अस्पतालमा
र बिध्यालयमा !

जहाँ,कसैको भरमा
र उसैको औलाहरुले
थिचिरहेको रिमोर्ट कन्ट्रोलहरुबाट
परिचालित हुनेछु म निर्देशित हुनेछु

देबिदेवता बिध्या न्याय, बिस्बास
धर्म र आस्था,
सबै सबै माथी प्रहार गर्नेछु
यदि,म बारुद्द भए भने
राछ्यस र भाइरसको बिरुद्दयुद्द
लड्नुको सट्टामा
म भगवानबिरुद्द लड्नेछु ।

बेस्याको दुशीत बदनबाट
सहरभर गनाइरहेको दुर्गन्धहरु झै
म आइरहेको हुनेछु
र फैलाइरहेको हुनेछु बाताबरणमा
हरेक पल केवल प्रदुषण
र धुवाधुलोका कणहरु
यदि म बारुद्द भए भने
बेसाहारा बालबालीकाहरु
अनि बिरामी बृद्दाहरु
र कयौ निर्दोष नानिहरुलाइ
रुमालमा बायुग्यासको गन्ध सुघाएर
अस्पतालमा बेहोस बनाइरहेको हुनेछु ।

बिदेसी दलालहरुले
मलाइ ढाल बनाएर प्रयोग गर्नेछन
मेरो कुनै जात धर्म वर्ण र लिङ्ग हुनेछैन
बिध्वङ्गस र बिनास मेरो पेशा हुनेछ
र मेरो कुकर्मबाट मलाइ कसैले पनि
छुटकारा
अनि अबकास दिलाउन सक्ने छैन
पहाडलाइ फुटाइरहनेछु
हिमाललाइ लढाइरहनेछु
र तराइलाइ टुक्राटुक्रा बनाइ बिभाजित गर्नेछु
यदि म एटमबम भए भने
भाइभाइहरुकोबिचमा लढाइ चर्काइरहनेछु

सहिदका सारा सपनाहरु माथी
कुठाराघात गर्नेछु
नेपाल आमाको
छातिमा गम बुटले टेकेर
बेलुट प्रुफ ज्याकेट लगाएर
अनि बारम्बार छर्‍र्‍आहरु हानिरहनेछु
यदि म अटमबम भए भने
यो सारा सन्सारभर सबै जना
मेरो नामदेखी डराउने छन
तर,अफसोच कसैलाइ पनि
मलाइ मन पराउने छैनन।

गालामा अखङ्गख्य चुम्बनको सट्टामा
प्रेमिकाले उल्टै चड्कनहरु हान्नेछिन
माया ममता मानवता प्रेम र शालिनता
र धैर्यताहरु हराउनेछन
र हराउनेछन शान्ती र अमनचयनहरु
यौवन र रुपको बिसयलाइ लिएर
दुईपरेवाहरुको बिचमा द्वन्द हुनेछ
आगोमा जलेर प्रेमिले रक्सी प्युनेछ
प्रेममा कठोर र घनघोर युद्द हुनेछ
खुङ्गखार युद्द
जहाँ,अस्लि बुद्दहरुको हार हुनेछ भने
आक्रोशित र क्रोधितहरुको जित हुनेछ

घर परिवारमा प्यारको बद्लामा
अनन्त टकराबहरु आउनेछन
यदि म बारुद्द भए भने
र मलाइ डिस्पोज गरेर कारागारमा राखिनेछ ।

बिध्यालय तर्फको बाटोहरुहुदै
पहिलाहरुसङै अघाढी बढिरहेका
कसैका नानी
र नातिनातिनाहरु जस्ता
ती कलिला बालकका झोलाहरुमा
किताब कलम र कापिको सट्टामा
म हुनेछु
बिरामी बुढो बुवाको
टेवलमा
ट्याब्लेटको बद्लामा
सबैभन्दा पहिला म पुग्नेछु त्यहा
गोलि भएर
जहाँ म बसिरहेको हुनेछु
यदि म बारुद्द भए भने
म यो देसको एक कपुत बनिसकेको हुनेछु ।

अदालतका जनाबहरुले
मेरो नागरिकता जफतको लागि
बारबार बकालत गरिरहेको हुनेछ
मुर्दाबादका नाराहरु घन्काएर
ढुङ्गामुढा सहित
सडकमा सबैले मेरो बिरोध प्रदर्शन
गरिरहेका हुनेछन
र सङ्गै मेरो निर्जिब सरिरको
दन्काएर पुत्ला र सल्काएर दहन गरिरहेका हुनेछन
मेरै बाटो ठुकेर बसेका सारा मान्छेहरुको
त्यहा आन्दोलन चर्किरहेको हुनेछ
कुनै चलचित्रहरु झै
र चुपचाप कुनै कुनामा लुकेर
त्यो म हेरिरहेको हुनेछु ।

यदि कुनै दिन रोबर्टहरु जस्तै
गरेर म चलयमान भए भने
यदि म त्यस्तो प्रकारको
बारुद्द भए भने पस्चताप मान्दै
अन्तत आफ्ना
ती सारा पापहरुको प्रायास्चित गर्नलाइ
म गएर यो मुलुकका सबै
दुष्ट भ्रस्ट बेस्या र कपुतहरुको
छातिमाथी बन्दुक बजार्नेछु
ससक्त भारतिय बिस्तारबादलाइ
एकचुड्कीको भरमा पछार्नेछु
तर, अफसोच मेरो ति अन्तिम रहरहरु भन्दा पर
मेरो त्यो भक्तिहरुभन्दा पनि पर
म कुनै सक्तिशालीहरुको हातबाट स्वचालित हुनेछु ।

यदि म कुनै दिन यो सन्सारमा
अटमबम बारुद्द भए भने
सबैभन्दा पहिले
कोरोना भाइरसलाइ ध्वस्त बनाउनेछु
तर,अफसोच
म आफै विश्वबिग्यान
र बिधानद्वारा बन्दी बनेको हुनेछु।
किनकी,म आजाद भएको दिन
सायद,यो सिङ्गो पृथ्बी एकचिहान हुनेछ ।
यसैले त्यो दिन मलाइ बन्द गरिएको हुनेछ् ।

कुनै अबोध बलाकले
मलाइ खेलौना सम्झिएर खेल्नेछ
फुटबल सम्झिएर भुइमा बजार्नेछ
पछार्नेछ तर जमिनमा ढल्नेछ कोहि
बल्नेछ कसैको सपनाको सिङ्गो घर
ठकमन्न हुनेछ सहर
परबाट हेर्दा दिपावली जस्तै देखिने गरि
एकदम उज्यालो बन्नेछ आगन
ती सबै बेकारका प्रकाशहरुसङ्गै
तर तिहारमा आगनभरि
उस्को परिवारको आसुधार बगिरहेको हुन्छ
यदि म बमबारुद्द भए भने
म बिस्फोटित भैसकेको हुनेछु!

चलचित्र तब धेरै नै मीठो लाग्छ
जब खलनायकहरुको अन्त्य
खलनायकबाट हुन्छ
जरुर त्यो आफू सप्रीन्छ या बिग्रीन्छ
जस्लाइ धेरै नै पस्चताप हुन्छ
मान्छेले जति नै लुकेर पाप गरे पनि
माथीबाट त्यो सबै देखिरहेकै हुन्छ
यसैको,सजायस्वरुप उ हर समय
मनमा भयको आगमा जलिरहेकै हुन्छ
जति नै दूध पिलाए पनि
आखिर सर्पले जहर नै ओकल्छ
हिजो जे रोपियो भोलि त्यही नै फल्छ
बादर धेरै बाठो भयो भने भुँडी फुटेर मर्छ
र मान्छे आफैले खनेको खाडलमा आफै पर्छ

हजारौ हजार मान्छेहरुलाइ
सखाप पार्नेछु
आत्मघाती हमलामा मार्नेछु
र बदलामा मेरो अहङ्गकारसङ्गै
एकसाथ म आफै पनी एकदिन सखाप भएर सकिनेछु

कसम यदि, एटमबम झै गरेर
मेरो यो अन्तर हृदय पड्कियो
भने र यो विशाल सन्सारमा
त्यही देस सबैभन्दा धेरै धरापमा पर्नेछ
मेरो छर्‍र्‍राहरुको प्रहारले
त्यसलाइ धेरै नै असर गर्नेछ
हो,त्यो देस्लाइ धेरै
मेरो हतियारले छर्‍रा छर्नेछ

जस्ले मलाइ बिगतमा बम बन्न
र बनाउन बाध्य बनाएको थियो ।


“अल्फ्रेड बनहार्ट नोबेलको जिवनसङ्ग समब्न्धित घटना जुन आजको समयमा पनि घटित छ। कोरोना भाइरसको क्रेसनपछि त्यसले बिस्वजगतमा गरिरहेको अटमबमरुपि बिस्फोटन चित्रण गर्न खोजिएको यो कबिता एउटा परिकल्पनात्मक बिद्रोही कबिता हो।
यहाँ यो देसको देसद्रोही सासक कोरोनाभाइरस भारतिय बिस्तारबाद अनि अमेरिकी सम्राज्यबाद र केही उग्रबादि देसहरुको बिरुद्दमा दन्किरहेको आन्तरिक हृदयको ज्वाला र ज्वारलाइ एउटा अणबिक हतियार र अटमबमको रुपमा प्रतिकात्मक पुर्वानुमान गर्दै सर्जकिय बिद्रोहहरुलाइ ब्यक्त गर्न खोजेको मात्र हो ।बाकी अरु केहीपनि हैन ।”


– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.