गजल : अन्यायको खेल भयो

~अनिता भण्डारी पौडेल~

जानै मन थिएन अन्यायको खेल भयो
उनी माथी नियतिको जाल झेल भयो

उनका थुप्रै परिवार र शुभचिन्तकहरु
जाने बेलामा न कसैसंग मेल भयो

आमा बुवा दिदीहरुको माया हुंदाहुदै
बिताएका पलपनि रफ्तारको रेल भयो

कयौं दू:ख कष्ट कयौं बिरामी छेल्दै
आफ्ना रहरहरु मुटुभित्रै जेल भयो

बिना सिर्जना र छोराहरु कति प्यारा
समाल्छु भन्दाभन्दै मुटू फेल भयो

स्व. कमरेड प्रकाश दाहाल भाईको सम्झनामा

नंया बानेश्वर , काठमाडौँ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.