कविता : सूर्य ग्रहण

~अर्जुन शर्मा निरौला~

पानी परिरहेछ झरररर ऽऽऽऽऽऽ
माथी डाॅड़ोमा कुइरो ड़म्म बसेको छ।
घड़ी हेरिरहेछु
मध्यान्न समय छ। ।
बाह्र नांग्दैछ। ।
अचानक अध्यारिन्दैछ उज्यालोहरू
लेख्दैछु, हेर्दैछु। ।
कान टाड़ो पारेर सुन्दैछु
बड़ो आनन्दित भइरहेछ मन ।।
मध्यान्न मै गोधुली साॅझ
चराहरू चिर- चिर गरिरहेछन्
कुकु चरो कु ऽ कु ऽऽऽऽऽ गरिरहेछ। ।
आँगनमा चरिरहेका कुखुरी माऊ
चिङनाहरू लिएर कक ऽऽऽऽऽ कक ऽऽऽ गर्दै खोरतिर लागी
सबै कुखुराहरू पस्दैछन् खोरतिर। ।
गोठमा बाछो ट्वाँ ऽऽऽऽ ट्वाँ ऽऽऽ गर्यो
दुहुना गाई बाँ गर्यो
बाछो लगाउॅने समय भा झैं। ।
वरिपरि जंगल, बाॅसघारी, रूखपात
चराहरू चिरचिर गरिरहेछन्
सायद बचेरा भेट्न आफ्ना गुॅड़ पुग्न भ्याएनन्। ।
लेख्दा लेख्दै, निक्कै अंध्यारो भयो
झ्याउँकीरी कराउॅनु थाल्यो
खोला छेउमा किरकिरे पाहा किरकिर गर्नु थाल्यो। ।
सबै सुनसान।
म पु:न उज्यालोको प्रतिक्षामा छु
चराहरू कराउन्
कुखुरो पोथी चल्ला लिएर पु:न चर्नु आवोस्। ।
वाह! प्रकृति
तिम्रो श्रृष्टि। ।
सुन्दर मनोहर पृथ्वी। ।
हेर्नु सकिन सूर्य ग्रहण
सूर्य उदाएनन् यता। ।
रमाए बेसकन
प्राकृतिक लिलासित। ।
लेखि सिद्वयाए,
यसो टाउको उठाएर हेरें
छ्याङछुङ उज्यालो भएछ ।।
जंगलमा चराहरू कराईरहेछन्
थरीथरीका चरीको आवाजहरू सुन्दैछु।।
म एक्लै रमाईरहेछु
ह्विल चेयरमा गजधम्म बसेर।

अर्जुन शर्मा निरौला
गीतखोला
मिति:२१\०६\२०२०

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.