कविता : एउटा बिग्रीएको घरपरिवारको इजलास!

~सुजन बुढाथोकी ‘कान्छा’~

सधै घर झगडा भैरहने
परिवारको बिसयलाइ लिएर
एकदिन नगरकार्यलयमा छलफल भयो ।
उपस्थित दुबै जना लोग्ने स्वास्निले
आफुलाइ बढो पिडित बताइरहेका थिए ।

जहाँ ,लोग्ने आरोप लगाइरहेको थियो
र यो बताइरहेको थियो कि
मलाइ सधै स्वास्नी गनगन गर्छे
यसैले ,र यसैको तनाबले म सधै रक्सी प्युने गर्दछु
महोदय ! म निर्दोष छु ।

र स्वास्नी पनि यहि बताइरहेकी थि कि
मेरो लोग्ने सधै रक्सी पिएर आउछ
यसैले मैले उस्लाइ सधै गाली गरेर कराएकी हु
महोदय ! अस्लि पिडित त म हु
यसैले मलाइ न्याय दिनुहोस ।
किनकी,म निर्दोष छु ।

हो स्वास्नी भनिरहेकी थि
मेरो लोग्ने सधै मातेर आउँछ
यसैले मैले उस्लाइ कराएको हु
र लोग्ने यो बताइरहेको थियो कि
मलाइ स्वास्नीले सधै कराइरहन्छे
यसैले मैले रक्सी खाएको हु ।

जोरजोरले कराइरहेका थिए
तम्सिएर उनिहरु अनि एक अर्कोको
अनुहारमा फर्किएर
जहाँ,जड्या बौलाहा र बेस्याको अभियोग लगाइरहेका थिए
त्यहा बढो बादबिबाद चर्किरह्यो
छलफल गर्न आएको हलभित्र
कोलाहल मच्चिरहेको थियो ।
र फैलिरहेको थियो
हल्लैहल्लाको देसमा फैलिरहेको
अफवाहहरुको हावाहरु झै गरेर
तथ्यभन्दा धेरै कु_तर्कहरु

र त्यसैदिन,घरमा कोहि नभएको अबसर पारेर
दिनदाहडै खेतमा बाधेको गाई चोरिरहेको थियो
छिमेकी र सङ्गै सिमानाको जमिन मिचिरहेको थियो

अनि आफ्नै परिवारलाइ लागेको रोगहरुसङ्गै
अरोपहरु यसरी लागिरहेको थियो
जसरी कि प्रधानमन्त्री झै गरेर
पति गृहमन्त्रालयलाई दोष दिइहेको थियो
र श्रीमती स्वास्थ्य मन्त्रालयलाई
दोष दिइरहेकी थि ।

आफ्ना दुबै कान थापेर
दुबै पछ्यका बयानहरु सुनेर
जहाँ ,न्यायधिस बढो अन्यौलग्रस्त थियो
तसर्थ, त्यो दिनको इजलास
निस्कर्षबिहिन नै भएर टुङ्ग्गियो ।

अन्तत,जर्जले दुबै जनालाई बोलायो
र भन्यो कि भोलि साच्ची प्रमाणहरु सहित
वकिल बोकेर यहाँ उपस्थित हुनु ।

आयो !एउटा सानु परिवारको बकालत गर्नलाइ
बास्तबिक आधारहरु बोकेर
तीन करोड जनआवाजहरु बोकेर
वकिल अदालत आयो र यो बतायो कि

“न्यायधिस ||
!बिगत बिस बर्सभन्दा धेरै भयो लगातार
देखिरहेछु र सुनिरहेछु
त्यही हालतमा त्यो परिवार
दिनभरी श्रीमती दोषी
र रातभरी पति
तर, त्यहा दुबै जना गलत छन
श्रीमान
तसर्थ,तिनिहरुलाइ हदैसम्मको सजाय होस ।
आज यो देसमा विभिन्न दल बिग्रीएर
यो सिङ्गो देस बिग्रीए झै गरेर
त्यो घर बिग्रीएको छ
श्रीमान र त्यो सन्तान
जरुर जस्को बेकसुर भबिस्य बिग्रीएको छ
उ निर्दोष हो र उस्लाइ न्याय होस ।

न्यायधिस,बिगत बीसबर्स देखि
देखिरहेछु त्यही हालतमा त्यही आदत
र बास्तबमै भन्ने हो भने
हर समय त्यो घरको
अस्लिपीडा त सधै म खेपिरहेछु
म किनकी,म
तिनिहरुको आफ्नै छोरा हु।”

#ऐले सङ्गघले प्रदेसलाइ प्रेदेसले स्थानियलाइ अनि स्थानियले सङ्गघिय सरकारलाइ । र प्रधानमन्त्रीले गृह र रछ्यामन्त्रालयलाइ दोष दिइरहनु भएको छ । जुन देस(घर)का लागि धेरै नै अहितकर छ । किनकी, त्यस्ले पार्ने प्रत्यछ्य असर भनेको त्यो घरको सबै सन्तान( ३ करोड जन्ताहरु नै हुन) ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.