~सन्तोष आचार्य~
त्यो मनोहरा
हिजो पनि उस्तै थिई
आज नि उस्तै छे
उस्तै छ गिट्टी कुट्ने मेसिनको आवाज
तेस्तै नै छ सिकारु बाईकरको कवाज
उस्तै छ उस्को चालढाल
मानौ बितेकै छैन समय काल
उसै गरी चलिरहेकाछन गाडीहरु
भरिभराउ नै छ त्यो पुल अनि सडक
हतारमै देखिन्छन पाइन्ट अनि साडीहरु
अझै उस्तै छ त्यो तडक अनि भडक
लाग्छ ति १९ जिवनको छैन कुनै महत्व
बिर्सिसकेकी छे मनोहराले मानबको अस्तित्व
मैले चिनेकी मनोहरा यस्ती थिईन
साच्चै मनोहरा किन रोइन ?
अझै पनि याद आउछ मलाई
बाल्यकालका ति दिनहरु
एक जनाको बिदाईमा पनि
कैयौ दिन शोककुल बन्थ्यो पुरै बस्ती
यस्तो बिपतमा पनि
अन्जान बन्ने त्यो मनोहरा कस्ती ?
सायद, मनोहरा रुन्थी
अनि उस्का शितल आंशुले
यो दु:ख धुन्थी ।
कतै हामीले हानेका हरेक प्रहारमा
प्रत्यक पटक रुदा- रुदा
आंशु बिहिन त बन्न पुगिन
त्यो मनहोरा ?
कतै हाम्रा स्वर्थी कदमले
समभाव बिहिन त बनिन
त्यो मनोहरा ?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)