कविता : एब्स्ट्रयाक याद

~डा. विदुर चालिसे~

रक्तिम छालहरूसँग परस्पर पाेतिएका
उल्लासका उड्दा रङका तेज बेथाहरू
अस्ताउँदाे सूर्य र उदाउँदाे चन्द्र मनसँग
जुनी हातहरू खै बजारिएथे प्रभातमा ।

रुष्ट अाँखाका पातला भ्रमहरूसँग बहेर
अाइरहेथ्याे समुद्री अाँधीका ज्वारहरू
सुस्ताउँदै अट्टालिकाकाे वरिपरि छेउ ।

अाकाशकाे उचाइमा उडिरहेका अस्थिर मन
भूईंकाे गहिराइमा भासिएकाे अास्थाकाे तन
जब लालीबाट उठेर मुस्कानबाट छाेपिन्थे,
तब बादलका अँध्यारा नजरहरू त्यसैत्यसै !

खुसीले समाचारका हरेक प्रस्तावहरू बीच
लाली गुराँशकाे एक्लाे जीवनकाे परिक्रमाले
धुलै सप्तरङ्गीसँग साउती गरेर एकछिन ।

चराहरू उडे जसरी हावाहरू उड्दा हुन्
हावा उडे जसरी नै मनका हर व्यथाहरू
सूर्य डुब्दै गर है ! लाै चन्द्र बरू उड्दै गर,
जसरी उड्छ्न् वायुहरू, ताराहरू हेर्दै गर !

अब फेरि शुरूदेखि नै अन्त्य गरूँ कि
वा अन्त्यबाट शुरू गरूँ तिमीसँग मन,
बेथामा बेथाकाे रङ उस्तै उस्तै हुनेरैछ
गाेधुलीमा उडेकाे अपार धुलाेजस्तै रङ ।

हात दिइरहेथेँ, भागिरहेथ्याै नबुझि किन
सुसाइरहेथेँ, छल्छलाएर हेरिरहन्छ्याै किन
सूर्यकाे रागमा विना चन्द्रमाकाे के बयान !

सगरका हरेक माैसम सुहाग रातमा थिए
अचेल गृष्मकालीन सन्ध्यासँग,
देखादेख धेरेैधेरै टाढा ।

अन्तरअात्मामा थिए निकटका बुलन्द अाबाज,
एब्स्ट्रयाक याद !

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.