कविता : कठै यो मोहन ठकुरी

~मोहन ठकुरी~

विपनाहरू उसका कहिले आफ्नो भएनन्
अपुग सपनाहरू अँगालोंमा बाँधिएर
बसेको हो यो मोहन ठकुरी
गमलाको क्याक्टसजस्तो
न फुल्नसक्छ, न फैलिनसक्छ।

उसका हाँसोहरू कृत्रिम छन्
अव्यक्त व्यथा-वेदनाहरूमा बाँधिएर
बसेको यो मोहन ठकुरी
न कसैको मनमा माया भएर जम्नसक्छ
न कसैको आँखामा आँसु भएर छछल्किनसक्छ।

(स्रोत : रचनाकार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.