कविता : आमा

~विन्द्या सुब्बा~

मेरो आँखाको पुतलीबाट
एउटा परेवा उडेर आकाशतर्फ गयो
आँखामा गंगा ओह्रालेर
उभिएकी छु यो गाउँको डाँडामा
परेवा उडेको त्यो दिशातर्फ हेर्न
देख्छु, ऊ त तारा भइ बसेछ आकाशमा
टिम्टिम्याउँदै केहि भन्न खोज्छ मलाई
भन्छु – “भो केही भन्नुपर्दैन
अब तारा भइसकेर पनि?
त्यहीँ बसिरहू तिमी
अब कुने दु:ख नमान्नु
नओर्लनु फेरि यो पृथ्वीमा।“

त्यो उडि जाने सेतो परेवा
आकाशको त्यो दु:खिया तारा
हो, मेरी आमा हुन
प्यारि आमा ।

-दार्जिलिङ्ग

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.