कथा : उनी

~प्रभा पोखरेल ‘स्वेशा’~

र ऋषीमुनिहरुको आश्रम, वरीपरी ठुला–ठुला बृछ्यहरुले घेरेको, दायातीरबाट कतै छङछङ त कतै शान्त हुदै बगेको …कोशि, कोशिको किनार, डुङ्गामा वारीपारी तर्ने मानिशहरुको प्रतिछ्यारत माझिदाइहरु। अनि त्यै किनारमा ढुङ्गा बटुल्दै बालुवा थुपार्दै बालापनमा रमाइरहेका साना नानीबाबुहरु। कोशिको किनारबाट अलि पर लमतन्न पर्दै अलि उठेको ठेउके डाडा, ठेउके! यति हरियो रमाइलो डाडाको नाम ठेउके हुदै भएन, “हरियो डाडा“। हरियो डाडामुनिबाट कोशिको पानी सुटुक्क लिएर बनाइएको नहर। अाहा यो ठाउजति मनमोहक मैले कहाँ देख्छु कुन्नि मनमनै उनले सोचिन्।

उनी हिडेकीथिइन् जो बस् हिड्नलाइ, यो हिडाइको लछ्य उनलाइ थाहा थिएन। २० बर्षको उमेरमै उनलाइ बैराग्य छाउन थाल्यो। या के भयो उनलाइ थाहा छैन। एकान्तमा बसेर हराउन मन लाग्यो। आफुलाइ यसरी नियाल्न मन लाग्यो, भनौ अन्तरआत्मा चिन्न मन लाग्यो। कोठामा बसिराखेकी उनलाइ एक्कासी सबै कुरादेखि बिरक्ती जागेर आयो। “अ कति पढिस्? कुन डिभिजन? अब के पढ्ने? नानी ठुली भइछिन् अब बिहे गर्नुपर्छ, ओइ तेरो ब्वाइफ्रेन्ड छैन? ओइ थाहा छ फलानो त त भनेसी हुरुक्कै हुन्छ नी।” फेरी अर्को आवाज तिमिलाइ यो लुगाले कस्तो सुहाएको, आहा कति राम्री देखिएकी, हम् त्यो चुरा पनि किनन, तिम्रो कपाल कुन कट काट्ने?” उफ् यस्ता ’round सुनिने सामान्य आवाजहरुले नै उसलाइ उकुशमुकुश बैरागीलो बनाइदियो। मन एकदम शान्त वातावरणमा घन्टौं बिताउँ भन्छ। मन नपरेपछि त श्वभाबिक बोलिहरुले पनि डस्दोरहेछ।

अत: उनले एकदिन बाबालाइ भनिन् बाबा म चतारा जान्छु ल

बाबा: मामाघर? ए हुन्छ जाउ।

उनी: मामाघर १–२ दिन बस्छु, अरुदिन नजिकैको बृध्दाश्रम घुम्छु है।

बाबा : हुन्छ छोरी तिम्रो इच्छा, तिमिमाथि बिश्वाश जो छ तिम्रो बाबालाइ।

कौतहलले भरिएको तर प्रश्नहरु धेरै नतेर्स्याउने बानी उसको बाबाको तर अवश्य बिश्वाश जो छ छोरीमाथि।

उनले छुट्टि पाइहालिन्, मामाघरमा झोला बिसाएर भनिन् म आश्रमतिर घुम्न जान्छु है। अनि आइपुगिन उनी यो रमाइलो हरियो डाडा, अनि यसको पल्लो पटि बसिन सुटुक्क चुपचाप।

केटाकेटीहरु १: ओेइ उ पर हेर्न हाम्रो गाउमा त बुद्द आएछन्।

२: अ होला, बुद्द त उहिले मरिसकेका, मरिसकेको मान्छे आउछकि के हो नी।

३: उ जा के भनेको होला, भगवान नी कै लै मर्छन त। हो त रैछ त ,मैले नी देखे, आएछन् हेर्न नपत्याए उ त्यो रुखनेर उ उत्तापट्टि।

४: ह्म खै उस होला त्यो त केटि मान्छे जस्तो छ के को बुद्द हुनु, को बौलाइ हो कि, हिड जाउ रामेश दाइलाइ भनौं न बरु।

गुरुरु कुदेर रामेश दाइकोमा पुगे, यी भुराभुरी भन्दै रामेश दाइको आमाले खेदाइहाल्छिन्। भुराहरु साउती मार्ने बानी भैसके, साउती गर्छन्।” बुद्द आएकाछन् हाम्रो गाउमा, केटी बुद्द के“।

हँ के भन्छन् यी केटाकेटी? रामेश आधा हाँस्दै, नपत्याउदै बोल्छन्। लु हिड त मलाइ देखाओ।

रामेश केटाकेटीहरुसँगै नहरको पल्लो छेउ नपुगि वरैबाट हेर्छन्। “तिमिहरु यहि बस्दै गर, फेरी बौलाहा रैछभने तिमिहरु भाग्न सक्दैनौ के, हइ?।

केटाकेटीहरु रामेशको बिस्तारै चलेका पाइलाहरु आखाले पछ्याउदै बसे, कौतुहल र डर मिशृत आवाजमा “बुद्द रैछ भने हाम्लाइ नी बोलाउनु है दाइ।”

उनको बनौट मुर्ती झैं शान्त रुप देखेर रामेश हच्कियो। यो जमानामा यो१८–१९ बर्षकी केटीलाइ यस्तो ठाउमा आएर के बस्न मन लागेको होला। हैन कत्ति शान्त हुन सकेकी यो केटी, ह्म पक्कै यसको ब्वाइ फ्रेन्डले धोका दियो होला। कि के भो होला यो केटी। साँच्चिकै बौलाही त हैन, धत् हुन सक्दैन यो चाहि। यो केटीको यो हाल देखेर त मेरो टाउकै घुम्न लाग्यो थैट्। मनमनै अनेक तर्कना गरेको गर्यै भयो रामेश। केटाकेटीले रामेश फर्केरै नहेरेकोले सिट्ठि बजाए, झसङ्ग भयो रामेश। हातले इशारा गर्यो।

१: “दाइ को रैछ दाइ? बुद्ध हो बुद्ध?”

२: “बोलेन?”

सुन केटाकेटी हो, कोहि शान्तीसँग बस्न आएको होला, तिमिहरु आ–आफ्नो घर जाओ। तिनलाइ भोक लाग्ला अनि आफैं जालीन नी है, लु जाओ है घर अनि अरु कसैलाइ नभन, फेरी सबै आएर बिचरीलाइ डिस्टब गर्देलान्, है ,ल जाओ जाओ। भोली हेरुम्ला नी फेरी बरु है। फकाउदै भने रामेशले। रामेश केटाकेटीका प्यारा न परे, मानिहाले, टाउकै हल्लाउदै लागे घरतिर।

केटाकेटीलाइ पठाएर रामेश पुन: उसको छेउमा जान खोजे, फेरी के शुर चढ्यो, परबाट हेरिरहन मन लाग्यो। अलि परको ढुङ्गामा चढे।

आठ बजिसक्यो। यो केटी उठ्दिन त। हैन ! बुद्द केटी बनेर आएछन, आफै खिस्सि गर्दै रामेश हाँस्छन्। उ हल्लीइन, हल्लिइन्, उठ्छिनजस्तो छ।

रामेश: हाइ के छ? किन यस्तो ठाउमा आएर तपस्या गरेझैं गर्नुभएको?

उनी: तपस्या गरेझैं? तिम्रो मतलब? अनि तिम्लाइ के को चासो? यो ठाउ तिम्रो सम्पत्ति हो? मान्चे देख्नु र सुन्नुमा कति फरक रैछ बा। अप्रत्याशित र नसोचेको पाराको जबाफले झस्किन्छन् रामेश।

रामेश: झनै नरम भएर, लौ किन रिसाउनुभको? मलाइ त आजकालको, झनै केटी मान्छे, यसरी जङ्गलमा आएर किन एकान्तमा बस्नुभयो, के पिर पर्योकि भनेर पो त।

उनी: ए मेरो पिर हेर्ने तिमी को हौ? अनि केटि मान्छेले यहाँ आउन हुन्न? मान्छे जङ्गल आउन नहुने भए तिमी चै किन यहाँ?

रामेश पुरै तर्सियो। बौलाही? अहँ हुन सक्दैन। कस्ती खालकी केटी यो?

म सिधा कुरा गर्छु, उ बाङ्गो–बाङ्गो।

रामेशलाइ यहाँ धेरै बोल्नु उचित लागेन, सरासर घरतिर लाग्यो। पर पुग्यो, मानिशको स्वभाब न हो, फेरी उत्सुकता जाग्यो, कता गइछ यो केटी, को रैछ यस्ती? यता, उता सबैतिर हेर्यो, देखेन। हैन, बनकली हो कि के हो यो? हा हा एक्लै कल्पना गरेर मुस्कुराउदै घर पुग्यो।

एबमक्रम, भोलिपल्ट, पर्सिपल्ट लगातार पाँचदिन उ त्यहि आइ र त्यसैगरी चुपचाप बसी, साँझ परेपछि जुरुक्क उठी र कता लागी –लागी।

छैटौ दिन, रामेशले सधैं झैं परबाटै चिहायो। उहि आकृती देख्ने आशमा। तर पछाडिबाट कसैले बोलायो। “ओ महाशय, म यता छु। हि हि हि।” रामेशले मनमनै भन्यो ओहो यो पाराको सम्बोधन अरु कस्को हुन सक्छ र?

तर आफु आफ्नै शुरमा भएको र कसैको खोजिमा नभएको जस्तोगरी पछाडि फर्क्यो। उसले नै कुरा शुरु गरी। “अनि अस्ति त मलाइ खुब अन्तरबार्ता लिदै हुनुहुनथ्यो नी।”

रामेशलाइ एक्काशि झनक्कै रिस उठ्यो।

“हो तिमी त जङ्गल नै पस्ने बेला भएको रहेछ।, जाउ अझै तपस्या हो कि ध्यान जे हो तेहि गर। बोल्ने तरिका पनि सिक। तिमिलाइ केहि सोध्यो भनेनी मन नपर्ने, मान्छे बोल्दै मन नपर्ने, अझ अन्तर्बार्ता रे।”

उ: “ल मान्छे ध्यान गरिरहेको बेलामा तिमी चै आएर ध्यानभङ्ग गर्ने”

सुर्रिने तरिका तर शान्त खाले भाब अनौठो लाग्यो रामेशलाइ, उसका आँखामा गहिरो भाब अनि अनुहार अचम्मैलाग्दो शान्त थियो। एकछिन दुबै मौन रहे, कोशिको स्वच्छ हावाको झोकाले दुबैलाइ मज्जााले सुमसुम्याएर गयो। अलिकति पर्तिर खोल्सोको स्यानो मधुरो छङछङ, यै बेला आकाशमा एक हुल चराहरु भुर्र उडे, अनि दुइ ढुकुरहरु चै चारो टिप्दै, एक अर्कालाइ ठुगे जसोगरी जिस्किदै रामेशको छेउमै अलमलिइरहे। रामेश ढुकुरहरु हेर्दै टोलायो। उसले रामेशको रीष मरोस भनी कुरीरही।

“लु भै गो छोडिदेउ यो कुरा, मलाइ माफ गर अनि तिम्रो नाम के हो भन” मन्द मुस्कुराउदै उसले ठट्टाको भाबले कुरा शुरु गरी।

“रामेश”

कुरा गर्दै गएसी त रामेशलाइ उ जादुगर्नी परी जस्ती पो लाग्न थाल्यो। 🙂

रामेश: अनि के सिक्यौ त यतिका दिन घर छोडेर यहाँ आएर?

उ: “धेरै कुराहरु सिकेको छु। कुन भनुम्?” मुसुमुसु हाँस्दा उसका आँखाका कुनामा हल्का मुजा परे। कति सुहाएको। उसले पुलुक्क रामेशलाइ हेरी। रामेश भुतुक्कै भइसकेको थियो। कुनै नभन तिम्रो आँखामा हेरीरहन देउ, म आफै घन्टौ पढ्न सक्छु, रामेशलाइ एकै श्वाशमा भन्दिउझैँ लाग्यो तर उसले बोल्यो:

ह्म्… जुन भनेनी हुन्छ।

उ: १ “जिबनदेखि अघाएर मात्र जिबनको अन्त्य हुदैन न त जिबनको सदुपयोग नै हुन्छ।”

२ “सबैलाइ खुसि पारेर बाच्छु भनेर सोच्नु त पटक पटक मर्नु जस्तै रहेछ किनकि त्यो सम्भब नै छैन।”

३ “बाच्ने सबैको आ–आफ्नै तरिका हुन्छ, आफु र अरुलाइ हानि नगरी बाँचे भै गो, अरु कोहिसँग सहमत हुनैपर्छ भन्ने छैन।

रामेशको मनमा केहि प्रशनहरु तेर्सिए अनि आफैं थन्कीए। प्रश्नका जबाफ तिनै तीनवटा कुराको वरीपरी घुम्यो। फेरी पनि, तिमी यतिकुराहरु सिक्न यहाँ जङ्गलमा आइरहनुपर्थ्यो त, बिस्तारै जिन्दगिले सबै सिकाइहाल्थयो् नी, रामेशलाइ भन्न मन लाग्यो। तेस्रो कुराले रोक्यो, चुप्प लाग्यो।

रामेश उसले मोहनी लाएजस्तो लट्ठ पर्न थालिसकेको थियो। मनमा साच्चिकै ज्वारभाटाहरु चलिरहेको थियो तर

यतिबेलासम्म गहिरीएर सुनिरहेको रामेश बोल्यो आधा जिस्कदै आधा गम्भीर हुदै बोल्यो;

“माया पिरतीको ’boutमा के सिक्यौ नी?”

उ: “खै मैले सोचेकै छैन; अर्कोचोटि यात्रा गरुम्ला यो ठाउको, अनि भनुम्ला। हि हि। उसले उस्तै भाबमा जबाफ दिइ। म भोली घर फर्कदै छु।“

-प्रभा
Sydney, Australia

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.