अनिता भण्डारी पौडेलका चार तियाली

~अनिता भण्डारी पौडेल~

तियाली १
जनता भन्छन अब त गर न केहि काम
नेता भन्छन अहिले कमाउन देउन दाम
पहिला बेचिसक्छौ देशको अमूल्य ठाम

तियाली २
यत्रतत्र भएछन हेर कुरा काट्नेहरु
पिठ पछाडी आफ्नो साइनो ढाट्नेहरु
भेटिन्छन रुपैयासंग डलर साट्नेहरु

तियाली ३
सुनाउछन् दिन रात आफ्नै व्यथा चर्केको
बुझ्दापनी बुझ्दैनन् नजिक बसी झर्केको
कोहि छैनन यँहा स्वर्ग-नर्क पुगी फर्केको

तियाली ४
मन परेको मान्छेले जे बोले नि हुनी
मन नपरेको मान्छे चाही बन्छ बैगुनी
नहास्नु है साथीभाई मेरो कुरा सुनी

नंया बानेश्वर , काठमाडौँ

This entry was posted in तियाली and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.