~राजेन्द्र तारकिणी~
यो समय नानीहरुको हो,
नखेल तिनका अगाडि खरानीको खेल ।
नबाल द्वेषको आगो
नछाप तिनका युनिफर्ममा रगतका नारा
नदेखाऊ धुजाधुजा झन्डाहरु
नअथ्र्याइदेऊ—
तिनका मस्तिष्कका करोड नसाजस्तै छन्
यी राष्ट्रियताका सीमारेखाहरु
साम्प्रदायिकताका ग्रेटवालहरु !
नबजाऊ यति बेला धार्मिक शंखहरु
ओ,
नफुक मृत्युउत्सवका विगुलहरु !
उन्मुक्त फक्रन देऊ नानीहरुको अनुहारमा
यो पृथ्वीको सब से सुन्दर फूल ।
अहिले त
कलम लिएर यो विश्वको भविष्य कोर्न हिाडेका छन्,
यो समय नानीहरुको हो ।
हेर, चाटिरहेछन् एउटै ललिपप
तिनलाई जुठोपुरो थाहा छैन
एउटै आागनमा नाचिरहेछन्
तिनलाई विभेदको ढिस्को थाहा छैन,
चस्मा खोलेर हेर–
ईश्वरको हाँसो तिनका अधरमा ओर्लिएको छ
फूलको हृदय तिनका करङभित्र फक्रिएको छ
मनुष्यको खाँटी रगत तिनकै नसाभित्र नाचिरहेको छ ।
यो ग्रहको आागनमा
खेल्नदेऊ तिनलाई आफ्नै खेल
बरू बनाऊ तिनकै सिद्धान्तका पाठशाला
बिन्ती, नकिच त्यो पवित्र भावना
नभााच तिनको जीवनको लय
नलगाऊ तिम्रा दूषित स्टाम्प तिनी हिाड्ने गोरेटोभरि ।
तिनको परिधिमा नदेखाऊ तिम्रो बहादुरी,
यो समय नानीहरुको हो ।
कान्तिपुर दैनिकमा प्रकाशित
– न्वादेउ- ६, बैतडी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )