~केशवप्रसाद ढुङ्गेल~
चिटिक्क परेर झरेकी छौ आज
बडो मस्त यौवन छरेकी छौ आज ।।
घडा दुई बोकेकी तिमी अप्सरा हौ
अमृत बोकी यता सरेकी छौ आज ।।
कसोरी बनाए कलीले तिमीलाई
बोकी प्यास गङ्गा तरेकी छौ आज ।।
मदालस छ दृष्टि परेली उठेका
मेनका झैं बान्की परेकी छौ आज ।।
कटी क्षीण तिम्रो कुचोत्तुङ्ग देख्दा
यो केशवको मन हरेकी छौ आज।।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)