~रेनुका राई ‘स्मृति’~
सडक बीच चहाँरी चहाँरी
महलबीच हात पर्सादि जीउनु पर्ने
कुन जन्माको पाप उसलाई यहाँ
स्वेत महलका ढोका बीच दृष्टिन पुगि
कडा कठोर बचन त्यही भरी घन्किन्छ ।
उता गरि खाना नसकेको टुहुरो खाते रे ।
मलाई केही खाना देउ भोको प्रथम बाक्य
लर्वराएको कठै ! अबोध ती स्वार
म सानो त्यही महलको कठोरीबाट चिहाउँदै
मेरो जीन्दगीको आर्थिक दुःख सम्झेँ ।
उ संयाम खाते भएन अन्यय, अत्यचार
गरियो बिबश सोच्न नसकि हिड्यो ।
म नियाल्दै ठुलो भावमा डुबे, यहाँबाट
गई हाल पछार्छु झस्किएर हेरे निन्यारो,
अनुहार झुत्रो कपडा कालो थाल, लर्खराउदै
लाग्यो महल छेउ उ कति सरल प्रतिक्रिया छैन
निधारमा हात राख्दै भने कति खालको जीवन
सच्चा मानवको व्यबहार कस्तो टोलाएँ ।
बिमुख या प्रपूmल, हाँसे या रसाँए
त्यही कठोरीमा यर्थता सम्झि धनको मन त,
ढुङ्गा नहुने फूल चाँहेर म के दिन सक्थे उही छ
फरक छैन कथा, गरिबको यर्थता खाने बन्नु
नत्रा चोरको सँज्ञा पाई चोर बनी जीउनु
उता सबैको मुखमा आमा विहिन टुहुरो रे ।
उही कटुट बचनले मुटु विझाई रह्यो ।
उ कहाँ पुगेँ म त्यही दुखेको आत्मा ओकाल्न
उता नेपाल आमाको सन्तान हो अरु थाहा छैन ।
अनि अधिकार स्वाधिन्ता लुटिएको सारा,
के को लागि युद्ध मरो, माछौं कुश वीच
स्वार्थको लागी, दुःखी, गरिब अनाथ अतितै के छ ।
–रेनुका राई “स्मृति”, किमालुङ एक, भोजपुर
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)