कविता : म शुन्यमा हराएँ

~पदम विश्वकर्मा~

म शुन्य, शुन्य सरी हराएँ,
यतै कतै हराएँ हुँला,
हावाहरुसँगै खेल्दै, बहकिँदै
धुलोहरुसँ गै टाँसिँदै गाँसिदै
घुमिरहेछु होला शुन्यतामा रमाउँदै ।

म शुन्य, यतै कतै हराएँ हुँला,
पानीहरुसँगै तैरँदै र डुब्दैै
छालहरुसँग उचालिँदै र पछारिँदै
किनारमा ठक्करिँदै र ढुङ्गाहरुसंगै परेड खेल्दै
बगिरहेछु होला, समुन्द्रको पर्खाइमा रमाउँदै ।

म शुन्य, यतै कतै हराइसकें हँुला,
जुनेली रातका चम्किला ताराहरु
र औंशीका अध्यँरा क्षणहरुसँगै
प्रहरहरु गन्दै, अनि आफ्नै छाँयालाई स्पर्स गर्दै
भौँतारिरहेछु होला सदैव शुन्यमा रमाउँदै ।

म शुन्य, यिनै गल्लीहरुमा हराइसकें हँुला,
हाउ आ यु र हाव अ गुढडेमा,
स्वीट हार्ट, हनी र स्वीटीका काल्पनिक उपनामहरु पहिरिँदै
केबल कल्पनाशील आनन्द र चाहनाहरुसंगै
रन्थनिदैछु होला यौन आनन्दको शुन्यमा रमाउँदै ।

म त साँच्ची नै शुन्यमा पो हराइसेकछु त,
झिलिमिली, रंगिन अर्थहीन पर्दाहरुसंगै,
विशाल महल, चिल्ला सडक र सेता हिउँमा चिप्लिने कारहरु नियाल्दै,
स्वीच र रिमोटको नाटक रस्वासादन गर्दै,
हराइसकेछु म त जिन्दगीको यात्राहरुमा शुन्यमा रमाउँदै ।

कोलोराडो, अमेरिका, अगस्ट १०, २००३

(स्रोत : नेपालीपोष्ट डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.