कविता : डुपन र जिन्दगी

~हेमन्त श्रेष्ठ~

जेलिएर
जेरिको चक्रव्यूहमा
रुपान्तरित छ
डुपन
फुकाउनै कठिन
गाँठोहरुको
दस्ताबेज भएको छ

जाँदा जाँदैको बाटो
एकाएक
विलाउँछ बाटैहरुमा
र यात्रुहरु
हराउँछन्
नीला राता बत्तीहरुमा

गाडीका लस्करहरु
दिग्भ्रमित छन्
निकास नबुझेर
फन्का मारिरहेछन्
पटक पटक
बाटैलाई
रोटेपिङ्ग सम्झेर

उफ् !
यो जीन्दगी
किन टक्क उभिन्छ
सडकको बिचोबीच
डुपन सर्कलमा
र हाँस्छ अट्टाहास गरेर

लाग्छ
डुपन सर्कल
कोलाज जीन्दगीको
सजीव पोटूेट हो ।

भर्जिनिया , अगस्ट ०५, २००३

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.