~केदार श्रेष्ठ~
आगो बोकेर मोर्चामा
कम्मर कस्ने कविता
निर्धक्क मसाल उचालेर
दुश्मनको छाती सेक्ने कविता
आफ्नै मुटु बालेर
उज्यालो छर्ने कविता
हो त्यही,
भाकविरुद्ध लड्ने कबिताका अघि
तेरा हत्कडीको के अर्थ ?
जसको पहिल्यै पेच खुस्केको छ ।
तेरा नेलको के अर्थ ?
जसमा उहिल्यै खिया सल्केको छ ।
यातना शिविरमा
दानवताको पराकाष्टा देखा
आºनो पूर्ण रुप खोल
र नाङ्गो अनुहार देखा
तर्सदैन तेरा अनुहारसंग
सामना गर्छ
तर विश्वासघात गर्दैन
आºना सहयात्री कविताहरुमाथि
हत्कडी लगा, नेल ठोक, पीन ठोक
छाला काडेर घाममा सुका
अनि लिप्दे नुुन खुुर्सानीले
तैपनि बक्दैन
तेरा घृणित स्वार्थ परा गर्न
ढल्दैन उनलाई कविता बनाउने विचार
सदा उ“चा राखिरहन्छ आस्थाका धरोहर ।
ती कविताका
एक एक अक्षर जला
शब्दलाई गोलीले उडा
तर एक एक अक्षरको झिल्कोले
सयौं उस्तै अक्षरको जन्म गर्छ
एक शब्दले
हजारौं उस्तै निडर कविताको वीज छर्छ
ती कविताका मुटुबाट बग्ने
एक एक रगतको थोपा
फेरि कविता बनेर
सेता कागजमा सजिनेछ
तेरा कुुकार्यमाथि वाण हान्ने
आँखा झिकेर अगेनामा हाल
र पनि यी भोका वस्तीहरुमा
दृष्टि छर्न रोक्ने छैन ।
तँ जतिसुकै हत्या गर
उनले वलिदानी इतिहासको
वदनाम गर्ने छैन ।
उनलाई त विचारले महान बनाएको छ
विचार कहिल्यै पो ढल्छ र ।
उनी आस्थामा बाँचेको छ
आस्था कहिले पो मर्छ र ।
हाम्रा विरुद्धमा सक्दो गर
तर हाम्रा कलमले
आगो ओकल्न बन्द गर्ने छैन
हाम्रा कविता यात्राले
आफ्नो बाटो छाड्ने छैन
हाम्रा कलम त
हरपल आतुर हुन्छ
उही तैंले हत्या गरेका
कविता लेख्न
किनकी, हाम्रा यी कलमले
तेरो छाती छेड्ने बारुद भरेको छ ।
हो, यीनले
“विजय कविता” लेख्ने
ज्वलन्त सपना सजाएको छ ।
हाम्रा मसीले
संसारलाई राताम्मै पार्ने
अमर अभिलाषा बोकेको छ ।
त्यसैले त हामी
लेखिरहन्छौ, निरन्तर लेखिरहन्छौ
कठिनभन्दा कठिन समयमा पनि
उही उर्जाका साथ
गुनगुुनाइरहन्छौ
स्मृतिमा अमीट गडेका
हाम्रा प्रिय सहिद कविता ।
——-
चैनपुर ७,धादिङ्ग