कविता : हराएको देश

~चंकी श्रेष्ठ~

उहिले उहिले
धेरै पहिले नै
यो देशबाटगुमाएका थियौँ हामीले आफ्नो देश

तर, उहिले उहिलेदेखि नै
हामी यो देशको सौन्दर्यगाथा गाइरहेका थियौँ
हो, हामी यो देशको
अबिरल र अजस्र पानीको कुरा गरिरहेका थियौँ
हरियो वन नेपालको धन भनिरहेका थियौँ
यो देशको स्वच्छ हावा र शीतल वातावरणको कुरा गरिरहेका थियौँ

यो देशए
सियाको स्वीजरल्याण्ड हो
यो गौरवलाई जोगाउनुपर्छ भनिरहेका थियौँ
सगरमाथा र गौतम बुद्धलार्इ उभ्याएर
संसारसामु नाक ठूलो पारिरहेका थियौँ

पक्कै पनि यहाँ
मौसमअनुसार चल्नसक्ने नेताहरू पनि थिए
क्षणमै उचालिने र क्षणमै पछारिने जनता पनि थिए
आन्दोलन, विद्रोह र वार्ता पनि
थोक विक्री शैलीमा भइरहेकै थिए
मानचित्रमा पनि त देश छँदै थियो
तर, विडम्बना, देशभित्र कतै देश थिएन

उहिले उहिलदेखि नै
यहाँ न्यायालयमा कतै न्याय थिएन
उहिले उहिलदेखि नै
यहाँ सुरक्षामा कतै शान्ति थिएन
हो, उहिले उहिलेदेखि नै यहाँ
सत्ययुद्धमा सत्य
न्याययुद्धमा न्याय
र, मुक्तियुद्धमा कतै मुक्ति थिएन
हो, हामीसँग देशका प्रशस्त गौरवगाथा त थिए
तर विडम्बना, देशभित्र कतै देश थिएन

भक्तपुर, नेपाल

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.