~सरोज धिताल~
नदुखाउ त्यो मुटुलाई
बेर्सेर फेरि विक्रम !
दिइ सक्यौ तिमीले त्यो त
कवितालाई
देशलाई
मान्छेलाई
जीवनलाई
त्यो मुटु दुख्दा
सबलाई दुख्छ
नदुख्नु दुखिसक्यो, मित्र !
यही एकचोटीले पुग्छ ।
June 4, 05
काठमाण्डौँ, नेपाल
—————————————————–
विक्रम सुब्बाको एनजिओप्लास्टी गरेको तेस्रो दिन नर्भिक अस्पताल, थापाथली काठमाण्डौको भिआइपि बेड नं २०१ मा भेट्न आउँदा कवि तथा डाक्टर सरोज धितालले दिएको कार्डमा लेखिएको शुभेच्छ्या कविता ।
(स्रोत : नेपालीकविता डट कम)