कविता : नजाउ भमरा भई

~नवराज सुब्बा~

आमाकै काखमा
आज जीवन
टुहुरो लाग्छ,
शीतल छायाको
माया पनि
बिरानो लाग्छ ।
यी बाटा र हिलाम्मे पाईलाहरु
छरपष्ट हराएका आफन्तहरु
ता पनि
यहाँ जीवनअझै बा‘की छ जस्तो लाग्छ,
आऊ साथी
भमरा भई नजाऊ !
यो माटोमा अझै
कमलको पात झैँ सफा
अनि फूल झैँ स्वच्छ
जीवनको गंध आउँछ ।

– विराटनगर, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.