गीति कविता : नेपाली माटो

~मधुश्री~

नेपाली माटो नेपाली बाटो कला र संस्कृति
सिगार्ने मन सपार्ने हात जगौँने जाग्रिति

मनको धनी महान उनी जन्मेको यो दिन
लिनु छ ज्ञान गौरव हाम्रो दिनु छ बिहान

दासता भित्र डुबेको मन बिष्फोट भएर
क्रान्तिको बाटो खोज्दथ्यो आफू सक्रिय भएर

संगीन रोपी कलम बोकी लडेको युद्ध त्यो
गरिब बस्ती घन्काई गीत छरेको बुद्ध त्यो

सत्यको पथ नछोडी लिला सकाए जीवन
अभाव ग्रस्त समय सँगै बिलाए ती मन

धनको घोडा चढेर हिड्ने दलाल सामु ती
झुकेन स्वाभिमानी त्यो शिर खोजेर छहारी

समर्पित महाकवि देवकोटा प्रति

मधुश्री
लक्ष्मि जयन्ती
२०६८

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.