~उज्ज्वल जी.सी.~
न तिमी नजिक आउन सकेँ
न मजाले माया लाउन सकेँ ।
धेरैबेर नै कुरेँ चौतारीमा
न तिम्रो आभाष पाउन सकेँ ।
लेखेकोथेँ मीठा गजलहरु
न आफुले कतै गाउन सकेँ ।
कस्तो पाएँ अपाङ्ग जिन्दगी यो
न तिम्रो पछि म धाउन सकेँ ।
रछानमा फुलेको फूल हुँ म
न आज शिरमै छाउन सकेँ ।