कविता : दुर्गम उचाइमा फूलको आँधी

~मोमिला~

हिजो साँझ
आगोको चहकमा आकर्षित मनले
दुर्गम उचाइमा आत्महत्या गरेछ ।

बुझ्दा
आगोसँग रिसाएको मनले
पनिसँग सम्झौता गर्न सकेनछ ।

शङ्कैशङ्कामा
मनको अधिक प्रिय फूल
गिरफ्तारमा परेको छ ।

दुर्गम उचाइ…
मनको लास…
फूलको आँधी…

भर्खरै मान्छेको विशिष्ट चेतना
मनको लास बोकेर
सभ्यताको आधारशिविरतिर झरेको छ
… …. ….
जहाँबाट विच्छेद भएर मन प्रस्थान गर्दा
उहिले
म एक्लै चिच्याएर रोकी थिएँ…

दुर्गम उचाइ…
मृत्युग्रस्त इलाका…
फूलको आँधी…

– काठमाण्डौ, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.