कविता : शरीरपतनको उत्सव

~शैलेन्द्र शाकार~

यो भूमण्डलबाट हराएर जाने छैन
मानिसको रगतको टाटो लागेको अक्षर
सत्ताका भाटहरूले बोकेर लाने छैनन्
पुस्तकालय, म्ञजियम र संग्रहालय
अथवा संविधान ।

पानीको दहमा ढुङ्गाको छालझैँ
हराएर जाने छैन
पानीमा लेखिएको अक्षरझैँ
क्रान्तिको अनुहार
आगो हाम्रो पिठ्यूँमा छ
सम्मुख हुनेछ कुनै दिन
मलाई थाहा छैन
म कुन देशमा के खोजिरहेछु ?
अमेरिकामा एशियन भएर
खोज्नुपर्ने काम कि स्वतन्त्र उन्मुक्त सास ?
कि गर्नुपर्ने डलर-परिश्रम
देश बिर्सेर खानुपर्ने आफ्नो अङ्ग ?
कि देश बिर्सेर मनाउँनुपर्ने आफ्नै शरीरपतनको उत्सव ?

– काठमाण्डौ, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.