कविता : खोज

~सुजन बुढाथोकी ‘कान्छा’~

म तथ्य र नबितम दर्शन रुचाउछु
किन कि, म दार्शनिक हु
एकदिन कवि,मनोबैग्यानिक
आध्यात्मिक गुरु र केहि पत्रकारहरु मिलेर
एकसाथ हामी एउटा खोजमा निस्कियौ ।

अनुसन्धानमा निस्कियौ
भवसागरमा निस्कियौ
गाउँसहरमा निस्कियौ
र यो सिङ्गो देस दुनियामा खोज्यौ

खोजिरह्यौ र यो सारा सन्सारभर
सोधिरह्यौ
हामी महल र दरवारमा पनि गयौ
गाउका झुपडी घरहरुमा पनि गयौ
तर,हामी सबै तिर असफल भयौ ।

जहाँ ,हाम्रो खोज एउटै थियो
जो यो सन्सारभर खोजियो ।
हो ,हाम्रो खोज एउटै थियो
कि, मानव जिवनमा सुख कहाँ छ
या,मानौ कि यो सन्सारमा सबैभन्दा
सुखी को छ?
तर,कहि पनि भेटिएन यो दुनियामा देखिएन
त्यस्तो मान्छे जो यो दुनियामै थिएन

आजाद हिडिरहदा,
बरु सधै अटल भएर उभिरहने हिमालमा देख्यौ
अबिरल बग्ने नदिहरुको छालमा देख्यौ
र घनाजङ्गलमा देख्यौ
सुख सेक्युरेटि गार्डहरु झै गरेर
उभिरहने ती रुखहरुमा देख्यौ
अनि देख्यौ अनिदो पहाडहरुमा
मुस्कान र हरियो धानका बोटहरु लहराई रहने
ती तराइहरुमा देख्यौ
नौजवान युवतिको ओठहरुमा झै गरेर
मुस्कुराइरहेकि
प्रकृतिमा भेट्यौ बास्नादार खुस्बुहरु ।
अनि कयौ पटक ढुङ्गा र चट्टानहरुको
चोटहरु खाएर पनि
नरुक्ने सरिताको चालहरुमा देख्यौ ।
र यो वायुमण्डलमा अबचेतन भएर
जिवनभर बहने त्यो पवन
र बतासको बेगहरुमा भेट्यौ

स्वतन्त्रताको गित गाइरहेका
चराहरुको आवाजमा महसुस गर्यौ सुख
नाङ्गो आकासमुनी उभिएर रमाइरहेका
र बर्सातमा भिजेर नुवाइरहेका
ती एकजोडि परेवाहरुले फिजाइरहेका पखेटाहरुमा देख्यौ
र सुख आफ्नै आमाको नजिकै बसेर
कसैका कलिला नानिहरु झै गरेर
गोठमा साग जस्तै मलिलो
एकमुठ्ठी घाँस चपाइरहेका
निर्दोष अनुहार भएका
जनवारहरुका ती अबोध बच्चाहरुमा देख्यौ ।

सुख भाग्य नभएको
निधारमा पनि भेट्यौ

स्थिर मनमा आनन्द हुन्छ,
बिचलित मनमा दुख
पिर चिन्ताले चिहान पुर्याउछ
ध्यान र साधनाले मन्दिर
मान्छेले खोजेको सुख
यो सन्सारमा कहि पनि छैन
अहङ्गकार र अभिमान कलङ्गक हो
आत्मसन्तुस्टि नै उत्तम अचुक ।

जिवनमा आनन्द र प्रसन्नताभन्दा अर्को
कुनै सुख हुदैन
र त्यो मनमा हुन्छ यो सन्सारमा खोजेर भेटिदैन
तर अफसोच सबैको खोज
´´सुख´´

लामो सफर तय गरेर बाटोमा हिडिरहदा
त्यो समय,आफ्नै आखाले देखेका
विभिन्न बेद र शास्त्रमा लेखेका
यस्तै केहि बिद्दानका ग्यानका कुराहरु गरिरहेका थियौ

अचानक जब एउटा यस्तो मान्छे देखियो
तब सोधियो कि भाइ तपाइलाइ थहा छ
कि यो सन्सारमा सबैभन्दा सुखी को छ
नलजाइकन उस्ले आफ्नु छाती फुलाएर भनिदियो कि
मोटरसाइकमा सवारलाइ सोध्नुहोस
आँखा उठाएर हेर्यौ
उ साइकलमा सवार थियो ।

एउटा दिर्घरोगिलाइ सोध्यौ उस्ले भन्यो
मेरो यो रोग हटाउन पाए सबैभन्दा सुखी म हुन्थे ।
जब गएर एउटा निरोगिलाइ सोधियो
तब उस्ले भन्यो अब एक गिलास चढाउन पाए
सुखी हुन्थे
हो उस्ले यस्तै जवाफ दियो
जब उ बेस्यालयमा थियो ।

हार खायौ हामि लाचार भयौ
जब यो सन्सारमा
हामी केवल एकै चिज खोजिरहेका थियौ

अन्तिम पटक टन्टलापुर घाममा
अबिरल काम गरिरहेको
एक मज्दुर किसानलाइ सोध्यौ
उस्ले भन्यो एउटा मान्छे उ परको बरपिपलमा
विश्राम गरेर बसिरहेको छ
त्यही गएर त्यसैलाइ सोध्नुहोस हजुर ।

तब आफुलाइ सफल सम्झियौ
जब,हामि केवल एउटै
चिज खोजिरहेका थियौ।

नजिक आएर हेरिरह्यौ
रमाएर एकछिन तर अफसोच,
एकैछिनमा थहा पाएर यो समचार
हाम्रो उमङ्ग भङ्ग भो
अन्तत अनि अध्यारो अनुहार लगाएर
दुखी भएर हामी बेकार घर फर्कियौ ।

किनकी ,
त्यो दिन हामिले खोजेको
सुखी मान्छे भेट्न न भेटियो
तर त्यस्तो अबस्थामा भेटियो
जो चितामा सुतिरहेको थियो ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.