कविता : आमा

~तीर्थ श्रेष्ठ~

आमा हुनु
सह्रै असजिलो छ
पहाडजस्तो

उचाइमा पुगेर
मैदान भइदिनुपर्ने
मैदानमा पुगेर
उकालो भइदिनुपर्ने

आमा हुन
सह्रै असजिलो छ
पहाडजस्तो

सन्तानहरु कहाँ पुग्छन्
खोलाहरू जस्तो
सपनाहरु कहाँ पुग्छन्
स्वच्छन्द चराहरुजस्तो

आमाहरू
पहाडको छेउको
चौतारी हुन अभिशप्त छन्
आमा हुन अप्ठयारो छ
आमा हुन
पहाड हुनुजस्तै गाह्रो छ

-पोखरा, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.