अनूदित कविता : आफुप्रति इर्ष्या हुँदैन

~माक्सीम तान्क~
अनुवाद : विक्रम सुब्बा

म ती मानिसहरूलाई चिन्दथेँ
जो सबथोक जान्दथे
उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो ।

म ती मानिसहरूलाई चिन्दथेँ
जो कहिल्यै गल्ती गर्दैनथे
उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो ।

म ती मानिसहरूलाई चिन्दथेँ
जोसँग सँधै आफ्नो टाउको लुकाउँने ठाउँ हुन्थ्यो
उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो ।
म ती मानिसहरूलाई चिन्दथेँ
जो प्रेमिकाहरूलाई लामालामा चिठ्ठी लेख्दथे
उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो ।

अचेल म पहिलेभन्दा धेरै जान्ने भएकोछु
र गल्ती पनि पहिलेभन्दा कम गर्छु
बस्ने आफ्नै वास पनि छ
प्रेमिकाहरूलाई म पनि लामालामा चिठ्ठी पठाउँछु

तर मलाई आफुप्रि इर्ष्या लाग्दैन ।

– बेलारुष

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.