~निर्मल ढुंगाना~
यो जिन्दगी के जिन्दगी तिमी छैनौ भने
सम्झिएरै बाँचु कति तिमी छैनौ भने
लालीगुँरास ढकमक्क फुलेकाछन् तर
टिपूँ मैले कसका लागि तिमी छैनौ भने
चाहिँदैन खुशी वाँड्ने करोडौंको जमात
एक्लोलाग्छ जिन्दगानी तिमी छैनौ भने
मेरो हाँसो मेरो खुशी मात्र हैन यहाँ
ओइलाऊछन् मखमली तिमी छैनौ भने
कसरी म बताऊ खै मेरा पीडा सबै
आँसु हुन्छ नयनभरि तिमी छैनौ भने
८ वैशाख २०६२
निर्मल ढुंगाना